चाईना मोबाइल र ह्वावेद्धारा सगरमाथामा ५जी सेवा संचालन, डाउलोड १.६६ जीबीपिएसको स्पीडमा

  • Technology Khabar | १९ बैशाख २०७७, शुक्रबार
चाईना मोबाइल र ह्वावेद्धारा सगरमाथामा ५जी सेवा संचालन, डाउलोड १.६६ जीबीपिएसको स्पीडमा
सगरमाथाको ६५०० मिटरको उचाईमा ५जी बेस स्टेशन राखिँदै । तस्वीरः ह्वावे टेक्नोलाेजीज

काठमाडौं ।

चाईना मोबाइल र ह्वावेले संयुक्तरुपमा विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथाको चुचुरोसम्म ५जी कनेक्टिभिटी पुर्याएका छन् । दुबै कम्पनीहरुले विश्वकै सबैभन्दा अग्लो स्थान ६,५०० मिटरको उचाईमा ५जी बेस स्टेशन राखेसँगै सगरमाथाको चुचुरोसम्म ५जी पुगेको हो ।

सो बेस स्टेशनसम्म ह्वावेले चाईना मोबाइलको लागि ड्यूल गीगाबीट नेटवर्क सगरमाथामा पुर्याएको छ ।

उत्तरी क्षेत्रबाट सगरमाथा आरोहण पहिलो पटक गरिएको ६० औं वार्षिकोत्सवको अवसर पारेर तथा सगरमाथाको चीनले पहिलो आधिकारीक सहि उचाई मापन गरेको ४५ वर्षको वार्षिकोत्सवको अवसरमा ५जी नेटवर्कले सन् २०२० मा हुने पुन उचाई मापनमा संचार सहयोग पुग्ने ह्वावेले जनाएको छ ।

ह्वावेले चाईना मोबाइलको सगरमााथा ड्यूल गीगाबीट नेटवर्कको ईण्ड टू ईण्ड सलुसनको निर्माण गरेको हो, जहाँ सगरमाथाको बेस क्याम्प ५,३०० मिटरको उचाईमा निर्माण गरिन्छ, त्यस्तै ट्रान्जिसन क्याम्प ५,८०० मिटर र फरवार्ड क्याम्प ६,५०० मिटरमा तयार पारिन्छ ।

ती बेस स्टेशनहरुमा ह्वावेको ५जी एएयू र एसपीएस टेक्नोलोजीज उपयोग गरिएको छ, जहाँ नेटवर्कको मर्मत र सुधारका लागि दर्जनौ नेटवर्क विशेषज्ञहरुले काम गरेका थिए, उनीहरुले ५,३०० मिटर र त्यसमाथिको उचाईमा रहेको नेटवर्क संचालनको लागि सातै दिन २४ सै घण्टा सुनिश्चित गर्नेछन् ।

‘ह्वावेको ५जी एएयू कम्प्याक्ट साईजमा उच्चतहको एकिकृत गरिएको छ, जसले जडान र इन्स्टलेसनका लागि सहज बनाउँछ, यो सगरमाथाजस्तो निकै कठिन वातावरण भएको स्थानहरुका पूर्वाधारका लागि उपयुक्त हुन्छ,’ ह्वावेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ह्वावेको होलोसेन्स सिस्टमद्धारा खिचिएको सगरमाथाको चुचुरो। तस्वीरः ह्वावे टेक्नोलाेजीज

यो परियोजनामा, स्ट्याण्डअलोन प्लस नन स्ट्याण्डअलोन मोडमा रहेको नेटवर्कले ५जी बेस स्टेशनहरुलाई जोड्दछ । त्यहिबेला ह्वावेको बृहत एमआईएमओ टेक्नोलोजीले लाईटिङ्ग स्पीड र उच्च ब्याण्डविथ सपोर्ट गदैृ तिब्रगति र उच्च क्षमताको ५जी कनेक्टिभिटी प्राप्त गर्न सकिने कम्पनीको भनाई छ ।

ह्वावेले कम्पनीके बृहत एमआईएमओ उत्कृष्ट कभरेजका लागि अधिक भरपर्दो रहेको बताएको छ । यसको थ्री डाईमेन्सनल न्यारो बीमको उच्चतहको लकचपनाले, यो प्रविधिले सगरमाथामा राम्रो ठाडोरुपमा काम गर्दछ। ५,३०० मिटरको उचाईमा, ५जी डाउनलोड १.६६जीबीपिएस भन्दा माथिको स्पीडमा रहेको र अपलोड स्पीड २१५ एमबिपिएस रहेको कम्पनीले जानकारी दिएको छ ।

यसमा ह्वावेको इन्टेलिजेन्स ओप्टिएक्स नेटवर्क सलुसन्सले नेटर्वकहरुको स्तरीयता र निरन्तरतालाई ग्यारेन्टी गर्ने कम्पनीको दाबी छ ।

होलोसेन्स इन्टेलिजेन्ट भिडियो सर्भिलेन्स सिस्टमका साथमा ह्वावेले एक्ट्रिम क्वालिटीसहित केलब एक क्लिकमा अप्टिमाईजेसन र गल्ती पत्ता लगाउन सक्दछ, यसले सगरमाथाको ६,५०० मिटरको उचाईमा नेटवर्कलाई सँधै संचालन राख्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: १९ बैशाख २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार