माइक्रोसफ्ट वर्डले भन्यो- दुईवटा वाक्यहरुको बिचमा दुई ‘स्पेस’ दिनु गलत हो

  • Technology Khabar | १९ बैशाख २०७७, शुक्रबार
माइक्रोसफ्ट वर्डले भन्यो- दुईवटा वाक्यहरुको बिचमा दुई ‘स्पेस’ दिनु गलत हो

काठमाडौं ।

टेक कम्पनी माइक्रोसफ्टले आफ्नो टाइपोग्राफिकल निर्णय लागू गरेको छ । जसअनुसार सेन्टेन्सहरुको बिचमा दुईवटा स्पेस हुनु भनेको अधिक हो ।

यदि कसैले दुई वाक्यहरुको बिचमा दुई स्पेस अर्थात खालि ठाउँ छोडेको खण्डमा अब माइक्रोसफ्ट वर्ड(Microsoft Word) ले त्यसलाई गलत भएको देखाउने छ । र यूजर्सले स्पेस बारलाई दुई पटक थिचेर यस्तो खालि स्थान राखेको भए उसले लेखेको वाक्यहरुको तल बाँगोटिंगो निलो धर्काहरु देखिनेछ ।

यस्तो परिवर्तन सबैभन्दा पहिले डेनभर विश्वविद्यालयका कानूनका प्राध्यापक एलान चेनले देखेका थिए । यो नयाँ नियम बिस्तारै यूजर्सहरुलाई पठाईएको छ र उनीहरुले सफ्टवेयर अपडेटसँगै सो नोटिस गर्नसक्नेछन् ।

दुई स्पेस(double space) दिने बानी टाइपराइटरहरुको समयकालदेखि नै रहँदै आएको छ, जतिबेला टाइपिस्टहरुले दुई वा त्यो भन्दा धेरै स्पेस दिने गर्दथे । त्यसबेलाका अक्षरहरुको तरिका फरक फरक हुने हुँदा उनीहरुले त्यसलाई स्पष्ट पढ्नको लागि त्यस्तो गर्ने गर्दथे तर अहिले भने अधिकांश फण्डहरुको चौँडाई समान प्रकृतिको हुनेहुँदा वाक्यहरु पढ्न सजिलो हुने गर्दछ ।

केहि सिमित र थोरै स्टाईल गाईडले मात्र दुई वटा स्पेस प्रयोग गर्ने सल्लाह दिन्छन् । एपिए, चिकागो म्यानुअल अफ स्टाईल, एपी र यूएस गभर्नमेन्ट प्रिन्टिङ्ग अफिस स्टाईल म्यानुअललगायत सबैले सिंगल स्पेस अर्थात एउटा खाली स्थान वाक्यहरुको बिचमा भए हुने सुझाव दिन्छन् ।

यदि तपाईँलाई पनि सिंगल स्पेस मात्र राखेको मन पर्दैन र डबल स्पेस अर्थात वाक्यहरुको बिचमा दुईवटा खालि ठाउँ छोड्न चाहनुहुन्छ भने तपाईँले त्यसलाई मिलाउन समेत सक्नुहुन्छ ।

‘वर्ड’ले जतिबेला तपाईँलाई त्यो ईरर भएको देखाउँछ, त्यहाँ माउसको राइट साइड क्लिक गरेर अप्सन देख्नसक्नुहुनेछ । तपाईँले ‘वर्ड’लाई इग्नोर गर्ने अप्सन छनौट गर्नसक्नुहुनेछ । त्यहाँ अन्य भाषिक विषयहरुलाई पनि मिलाउन सकिने सुबिधा रहेको हुन्छ । सीएनएनबाट

प्रकाशित: १९ बैशाख २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...