
काठमाडौं ।
नेपाल पत्रकार महासंघले सञ्चार माध्यमहरुको रोयल्टी र नवीकरण शुल्क पुरै छुट गर्न सरकारसँग माग गरेको छ।
कोरोना भाइरसको संक्रमणको जोखिमका बिच सञ्चार माध्यमहरुले काम गरिरहेको भन्दै महासंघले यस वर्षको रोयल्टी र नवीकरण शुल्क पूरै छुट गर्न माग गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई बिहीबार ११ बुँदे ज्ञापनपत्र बुझाउँदै महासंघले विभिन्न करमासमेत छुट दिन समेत माग गरेको छ।
त्यसैगरि संचार माध्यमहरुलाई विद्युत, टेलिफोन र इन्टरनेट महसुल छुट तथा कागजसहितका अन्य प्रेस सामग्री खरिदमा कर छुटसहितको राहत प्याकेज घोषणा गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
यसका साथै संचारकर्मी र पत्रकारहरुको बीमा व्यवस्था, समानुपातिक विज्ञापन उपलब्ध गराउनेलगायतका विषयहरु महासंघले उठाएको छ।
प्रकाशित: १८ बैशाख २०७७, बिहीबार