भिडियो शेयरिङ्ग एप टिकटकको डाउनलोड २ अर्ब नाध्यो, आम्दानी ४६ करोड डलर पुग्यो

  • Technology Khabar | १८ बैशाख २०७७, बिहीबार
भिडियो शेयरिङ्ग एप टिकटकको डाउनलोड २ अर्ब नाध्यो, आम्दानी ४६ करोड डलर पुग्यो

काठमाडौं ।

भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकको डाउनलोड २ अर्ब भन्दा बढि पुगेको छ । नेपालसहित विश्वभर लोकप्रिय रहेको एपलाई बाइटडान्सले तयार पारेको हो।

अझ पछिल्लो दिनमा विश्वभर लकडाउनको अवस्था आएसँगै यसको प्रयोग र डाउनलोडमा समेत वृद्धि भएको छ ।

बाइटडान्सको ग्लोबल एप टिकटक र चिनियाँ संस्करण डोईनले २ अर्ब डाउनलोड गूगलल प्ले स्टोर र एप्पलको एप स्टोरमा पार गरेको सेन्टर टावरले बताएको छ ।

फेसबुकको अधिनमा रहेका एपहरु ह्वाट्सएप, इन्स्टाग्राम र मेसेन्जरपछि २ अर्बको डाउनलोड नाध्ने टिकटक पहिलो एप हो ।

यसअघि गूगलसहित जीमेल, यूट्यूबले ५ अर्ब डाउनलोड पुर्याईसकेका छन् । तर ती सबै एप्स एन्ड्रोयड स्मार्टफोनहरु र ट्याबलेटहरुमा प्री इन्स्टल गरिएका हुन्छन् ।

टिकटकले २ अर्ब डाउनलोड नघाउनु निकै महत्वपूर्ण हो सो एपले डेढ अर्ब डाउनलोड नाधेको ५ महिनामा नै २ अर्ब डाउनलोड नाघेको हो ।

सेन्सर टावरकै रिपोर्टअनुसार गएको मार्च ३१ मा टिकटक विश्वमै सबैभन्दा धेरै डाउनलोड हुने एप भएको थियो जसको वृद्धिदर ३१ करोड पटक डाउनलोड देखिएको थियो ।

फेसबुकको ह्वाट्सएप पहिलो त्रैमासमा धेरै डाउनलोड हुने एपमा दोस्रो स्थानमा छ जसको २५ करोड डाउनलोड देखिएको छ ।

टिकटकको लोकप्रियतासँगै यूजर्सले यसमा अहिलेसम्म ४५ करोड ६७ लाख डलर खर्च गरेका छन जसमध्ये सबैभन्दा धेरै ७२.३ प्रतिशत चीनमा गरिएको छ ।

टिकटकको लागि भारत सबैभन्दा ठूलो अन्तराष्ट्रिय बजार भएको छ जहाँ ३०.३ प्रतिशत एप डाउनलोड भएको सेन्सर टावरले उल्लेख गरेको छ । विश्वको दोस्रो ठूलो इन्टरनेट बजारमा ६१ करोड १० लाख पटक टिकटक डाउनलोड भएकोछ ।

तथ्यांकअनुसार सबैभन्दा धेरै डाउनलोड ७५.५ प्रतिशत गूगल प्ले स्टोरबाट भएपनि धेरै आम्दानी भने एप्पलबाट भएको देखिन्छ । एजेन्सी

प्रकाशित: १८ बैशाख २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार