नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनद्धारा हिमालय वृद्धा आश्रमलाई राहत र स्वास्थ्य सामाग्री प्रदान

  • Technology Khabar | १६ बैशाख २०७७, मंगलवार
नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनद्धारा हिमालय वृद्धा आश्रमलाई राहत र स्वास्थ्य सामाग्री प्रदान

काठमाडौं ।

नेपाल टेलिकमको कर्मचारी संगठन, नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन काठमाडौं क्षेत्रीय समितिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टोखा-६ गोंगबु, काठमाडौंमा अवस्थित हिमालय वृद्धा आश्रमलाई राहत स्वरुप खाद्यान्न तथा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु हस्तान्तरण गरेको छ।

सो राहत सामाग्रीहरु संगठनका केन्द्रीय अध्यक्ष यादवप्रसाद पनेरुले आश्रमका अध्यक्ष सरला पन्थलाई स्थानीय निकायका जनप्रतिनिधि रामभक्त घिमिरे र जगतमाया महर्जनको रोबहरमा हस्तान्तरण गरे। सो राहत सामाग्री ग्रहण गर्दै आश्रमका अध्यक्षले कृतज्ञता साथै आभार व्यक्त गरिन्।

राहत सामाग्रीमा खाना पकाउने ग्यास सिलिन्डर ३ थान र पिउने पानी ६० जारको नगद तथा बिस्कुट एक कार्टुन, भुजा १० प्याकेट लगायत सर्फ, जिरा रहेका छन्।

साथै स्वास्थ्य सुरक्षाका सामाग्रीमा सेनिटाइजर, पन्जा, फिनेल, मास्क, टीस्यूपेपर, मच्छर धुप लगायतका रहेका छन्। उक्त आश्रममा ३५ जना वृद्ध-वृद्धा आश्रित रहनु भएको छ।

सो कार्यक्रममा संगठनका क्षेत्रीय इन्चार्ज प्रशुराम पण्डित, अध्यक्ष दिपक चौलागाईं लगायत सचिवालय सदस्यहरुको उपस्थित रहेको थियो।

यसअघि गत बैशाख ११ गते यस नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनले आफ्ना ५ वटा क्षेत्रीय समितिहरुमार्फत कोरोना महामारीको जोखिम बिच देशैभरि दूरसन्चार सेवा प्रवाहमा खटिने कर्मचारीहरुको स्वास्थ्य सुरक्षाका लागि प्रयोग हुने स्वास्थ्य सामाग्रीहरु कम्पनीको क्षेत्रीय निर्देशकहरुलाई हस्तान्तरण गरेको थियो ।

प्रकाशित: १६ बैशाख २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...