एप्पलले सन् २०२० मा सार्वजिनक गर्ने नयाँ आईफोनहरुको उत्पादनमा ढिलाई गर्ने

  • Technology Khabar | १६ बैशाख २०७७, मंगलवार
एप्पलले सन् २०२० मा सार्वजिनक गर्ने नयाँ आईफोनहरुको उत्पादनमा ढिलाई गर्ने
आइफोन ११ प्रो

काठमाडौं ।

एप्पल इंकले यो वर्ष आउने आफ्नो नयाँ फ्ल्यागशिप आईफोनको उत्पादनमा ढिलाई गर्ने भएको छ । कम्पनीले प्रत्येक वर्षको अन्त्यतिर नयाँ आईफोन सार्वजनिक गर्ने गर्दछ ।

तर यो वर्ष भने एप्पलको नयाँ आईफोन केहि ढिलो आउने अनुमान गरिएको छ । हालै आएको रिपोर्टअनुसार एशियाली क्षेत्रहरुमा उत्पादनक्रममा आएको अबरोध र विश्वभर कोरोनाभाइरसको महामारीले कारणले उपभोक्ता माग कमजोर हुँदा कम्पनीले आफ्नो नयाँ फोन करिब १ महिना ढिलो गरि ल्याउने छ।

हालै आएको वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार एप्पलले यो बर्ष बजारमा चार नयाँ आईफोन मोडलहरु लन्च गर्नेछ।

जसमा नयाँ मोडलहरु ५जी कनेक्टिभिटीसहितको हुनेछ । यसैगरि कम्पनीले ह्याण्डसेटको उत्पादनमा पनि कटौती गर्नेछ ।

एप्पलले नियमितरुपमा सेप्टेम्बरमा नयाँ आईफोनहरु सार्वजनिक गर्ने गर्दछ । तर यो वर्ष भर्खरैमात्र अप्रिल १५ मा नयाँ सस्तो आईफोन लन्च गरेको थियो । आईफोन एसई ३९९ अमेरिकी डलरमा लन्च गरेको हो ।

प्रकाशित: १६ बैशाख २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार