त्रिभुवन विश्वविद्यालयको चेतावनी- लोगो राखी सोशल मिडियामा नक्कली एकाउन्ट, ग्रुप बनाए कारबाही

  • Technology Khabar | १५ बैशाख २०७७, सोमबार
त्रिभुवन विश्वविद्यालयको चेतावनी- लोगो राखी सोशल मिडियामा नक्कली एकाउन्ट, ग्रुप बनाए कारबाही

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले आफ्नो आधिकारीक लोगोको दूरुपयोग भएको भन्दै नक्कली एकाउन्ट, ग्रुप तथा वेबसाइट संचालन गरेमा कारबाही गर्ने चेतावनी दिएको छ ।

विश्वविद्यालयले त्रिविको आधिकारिक लोगो प्रयोग गरि आधिकारिकतासँग मिल्ने किसिमको सामाजिक संजालमा ग्रुपहरु निर्माण गरिएको भन्दै त्यसले भ्रम सिर्जना गरेको बताएको छ ।

हालै सार्वजनिक सूचना प्रकाशित गर्दै त्रिविले फेसबुक एकाउन्ट, फेसबुक ग्रुप लगायन निमार्ण गरी अनलाइन सोशल नेटवर्किङ्ग वेबसाइटहरु संचालन गरेको पाईएको उल्लेख गरेको छ ।

यसले भ्रम सिर्जना गरेको भन्दै ‘कसैले पनि आधिकारिक लोगो प्रयोग नगर्न र विश्वविद्यालयको नामसँग मिल्नेगरी अनलाइन सोशल नेटवर्किङ्ग वेबसाइटहरु संचालन नगर्न नगराउन एवं त्रिभुवन विश्वविद्यालयका आधिकारिक निकायले सञ्चालन गरेका बाहेक अन्य व्यक्ति, समूह, संस्थााबाट हाल संचालनमा रहेका यस्ता एकाउन्ट तथा साइटहरु तत्कालै हटाउनुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।

त्यसैगरि त्रिविले सूचना विपरित आधिकारिक लोगो वा आधिकारिकता मेल खाने गरि नक्कली फेसबुक एकाउन्ट, फेसबुक ग्रुप, ट्विटर एकाउन्ट लगायतका अनलाइन वेबसाइटहरु संचालन गरेको पाईएमा कानूनी कारबाही प्रकृया अगाडि बढाउने चेतावनी दिएको छ ।

प्रकाशित: १५ बैशाख २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...