ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुरु, खातावालाले अर्को खातावालालाई सिधै भुक्तानी गर्न सक्ने

Technology Khabar १५ बैशाख २०७७, सोमबार

काठमाडौं ।

आफ्ना व्यवसायीक ग्राहक महानुभावहरुलाई विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग’ सेवा संचालनमा ल्याएको छ।

@नबिल(e@Nabil) एसएमई, मीड कर्पोरेट तथा ठूला कर्पोरेटहरुलाई प्रदान गरिने इन्टरनेट बैंकिङ्ग सेवा हो । ई@नबिल मार्फत ग्राहकहरुले नबिल बैंकमा खाता भएका आफ्ना ग्राहकहरुलाई स्वयम् नै रकम भुक्तानी गर्न सक्नेछन् ।

साथै ग्राहक महानुभावहरुले देशका अन्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका खातामा पनि सजिलै भुक्तानी गर्नुका साथै बैंक शाखामा नआई आफ्नै कार्यालयबाट थोक भुक्तानीहरु समेत गर्न सक्नेछन् ।

@नबिलका सन्दर्भमा नबिल बैंकका प्रमुख कार्यकारी प्रमुख अनिल केशरी शाहलेभने, “ई@नबिल व्यवसायिक ग्राहकवर्गलाई सरल, सहज र छिटो वित्तीय सेवा प्रदान गर्ने उत्कृष्ट प्रणाली हो । यस प्रणालीमार्फत हाम्रा ग्राहकवर्गले सजिलै छोटो समयमा स्वयम् नै रकमान्तरण गर्न सक्नेछन् । अब वित्तीय कारोबार गर्न नियमित बैंकमा आइरहनु पर्दैन ।”

नबिल बैंकले देश भरी ११८ शाखाहरु र १७५ एटिएम काउण्टरहरुबाट सेवा दिईरहेको जनाएको छ ।

प्रकाशित: १५ बैशाख २०७७, सोमबार

तपाइको प्रतिक्रिया