Technology Khabar १५ बैशाख २०७७, सोमबार
काठमाडौं ।
लकडाउनले गर्दा धेरै व्यक्तिहरूको जस्तै तपाईं पनि घरबाट नै काम गर्दै हुनुहुन्छ भने पक्कैपनि तपाईं आफ्नो धेरै समय स्क्रिनको अगाडि खर्च गर्दै हुनुहुन्छ। लकडाउन र सोशल डिस्ट्यान्सिङ्गको समयमा, बाहिरी विश्वसँग सम्पर्क गर्नको लागि स्क्रीन हाम्रोलागि एक मात्र आँखा बनेको छ।
यस्तो अवस्थामा, प्रश्न उठ्छ कि पर्दाको अगाडि कति समय खर्च गर्नुपर्दछ ? यस समयमा स्क्रीन र व्यक्तिगत जीवनबिच ब्यालेन्स कत्तिको सम्भव छ भन्ने चर्चा शुरु भईसकेको छ।
संक्षेपमा भन्दा यो अहिलेको समयमा पनि सम्भव छ। यो सन्तुलन कसरी राख्न सकिन्छ भन्ने बारेमा यहाँ जान्नुहोस् ।
निर्णय लिनुहोस्, के काम कत्तिको महत्त्वपूर्णः तपाईले एउटा पूरै दिन घरमा कम्प्युटरको अगाडि खर्च गर्नुभयो भने त्यो काम कति लामो समयमा सम्पन्न हुने थियो वा कति समयमा सकिने थियो भनेर मूल्याकन गर्न आवश्यक छ। व्यस्त हुनु मात्र सक्रिय हुनु वा प्रडक्टिभ हुनु होईन। जे आवश्यक छ, त्यहि मात्र गर्नुहोस् र त्यस बाहेक अरू कामहरु गर्नुहोस्।
अन-स्क्रिन मुड कस्तो छ: जब तपाइँ स्क्रिनमा समय बिताउनुहुन्छ त्यसअवधिमा तपाइँको मुडको भावना प्राप्त गर्नुहोस्। यदि तपाईं प्रडक्टिभ, खुसी र आरामदायी महसुस गर्नुहुन्छ भने कामलाई जारी राख्नुहोस्। तर यदि यसले अनावश्यक र नराम्रो महसुस गराईरहेको छ भने कामको समय छोटो पार्नुहोस्।
अफ-स्क्रीन गतिविधिहरू सूचीकृत गर्नुहोस्: यस्तो चीजहरूको सूची बनाउनुहोस् जून प्रयोग वा उपयोग गर्न कुनै उपकरणको आवश्यक पर्दैन र जसबाट तपाईंले रमाइलो गर्नुहोस्। यसले तपाईसँग खाली समय पाउने बित्तिकै काम हुनेछ। उदाहरणको लागि हिड्ने, ध्यान, नुहाउने, खाना पकाउने वा पुस्तक पढ्ने, संगीत सुन्न ईत्यादी।
दिनको सुरूवातमै र राति अबेर हुनु भन्दा पहिले नै टाढा बस्नुहोस्ः यो एक अपवाद हो, तर तपाईं स्क्रीनमा गरिएको कामको साथमा भावनात्मक वा बौद्धिक रूपमा उत्तेजित हुन सक्नुहुन्छ। उठ्ने बित्तिकै स्क्रिनमा जोडिँदा तपाईं दिनभर विचलित हुन सक्नुहुन्छ। रातमा अबेरसम्म स्क्रिनमा हुँदा आँखामा असर गर्न सक्छ।
सीमाहरू तय गर्नुहोस्ः स्क्रिनबाट शारीरिक दूरी सिर्जना गर्न आवश्यक छ। फोनलाई चार्ज गर्दा आफूभन्दा टाढा राख्नुहोस्। फोनको लागि निश्चित ‘बेड टाइम’ पनि मिलाउनुहोस्। फोनमा नोटिफिकेसन सकेसम्म कम राख्नुहोस्। समस्या उत्पन्न गर्ने एप्सलाई फोनबाट डिलिट गर्नुहोस् । फरक फरक उपकरणहरूको लागि छुट्टा छुट्टै कार्यहरू सेट गर्नुहोस्।
उदाहरणको लागी, ईमेलहरु डेस्कटप कंप्यूटरमा मात्रै चेक गर्ने, सोशल मिडियाका लागि फोन वा आईप्याड मात्र प्रयोग गर्ने।
नियमित विश्राम लिनुहोस्: स्क्रीन हेरिरहेको समयमा बिच-बिचमा ब्रेक निकाल्नुहोस् । बिश्रामको समयमा स्क्रीनबाट टाढा बसेर अन्य काम गर्नुहोस्। फोन नलिईकन नै घुम्न जान वा टहलिन सकिन्छ। दैनिकरुपमा डिजिटल ब्रेक लिन सकिन्छ, जहाँ तपाईँले कुनै पनि उपकरणहरु प्रयोग गर्नुहुन्न। तपाईं हप्तामा एक दिन वा एक रात स्क्रीनबाट टाढा रहन सक्नुहुन्छ। एजेन्सीका साथमा
प्रकाशित: १५ बैशाख २०७७, सोमबार