फोर्डको नयाँ इलेक्ट्रिक कार मस्टाङ कोब्रा जेटको उत्पादनको काम शुरु

Technology Khabar १४ बैशाख २०७७, आईतवार

काठमाडौं ।

फोर्ड कम्पनीले बनाएको पहिलो इलेक्ट्रिक कार मस्टाङको बिक्री सुरु भएसँगै फोर्डले नयाँ इलेक्ट्रिक कार मस्टाङ कोब्रा जेटको उत्पादनको काम शुरु गरेको छ ।

नयाँ इलेक्ट्रिक कार कोब्रा जेटले ८ सेकेन्डमा नै २४१ किलोमिटरको स्पीड भेटाउने कम्पनीको दाबी छ ।

फोर्ड मस्टाङ कार पावरको कारण चर्चित रहँदै आएको छ। त्यसैले कम्पनीले अहिले पनि इलेक्ट्रिक मस्टाङ कोब्रा जेट कारलाई पनि शक्तिशाली इलेक्ट्रिक कारको रुपमा ल्याउने तयारी गरेको छ ।

मस्टाङ कोब्रा जेटले अधिकतम १,३८१ बीएच पावर प्रदान गर्दछ । सन् १९६० मा फोर्डले ल्याएको कोब्रा जेटबाट प्रेरित भएर नै कम्पनीले नयाँ इलेक्ट्रिक कार केबल ६८ यूनिटमात्र उत्पादन गर्ने उल्लेख गरेको छ । अहिले यो नयाँ कारको प्रोटोटाइप परीक्षण भईरहेको छ ।

कम्पनीले यो कार कहिले ल्याउँछ र यसमा प्रयोग हुने इलेक्ट्रिक पावरको बारेमा कुनै जानकारी दिएको छैन् ।

प्रकाशित: १४ बैशाख २०७७, आईतवार

तपाइको प्रतिक्रिया