विद्यालयले अब अनलाइनबाटै विद्यार्थी भर्ना गर्न सक्ने, ब्राइट स्कुल सफ्टवेयरले ल्यायो नयाँ सुबिधा

  • Technology Khabar | १४ बैशाख २०७७, आईतवार
विद्यालयले अब अनलाइनबाटै विद्यार्थी भर्ना गर्न सक्ने, ब्राइट स्कुल सफ्टवेयरले ल्यायो नयाँ सुबिधा

काठमाडौं ।

विद्यालयहरुले अब ‘ब्राइट स्कुल सफ्टवेयर’ प्रयोग गरेर अनलाइनमार्फत विद्यार्थी भर्ना गर्न र अनलाइनमै रिजल्ट सार्वजनिक गर्न सक्ने भएका छन् ।

कोरोना संक्रमण कम गर्न सरकारले लकडाउन गरेपछि यतिबेला विद्यालयहरुले परीक्षाको नतिजा सार्वजनिक गर्न पाइरहेका छैनन् ।

यसैलाई मध्यनजर गर्दै ब्राइट स्कुल सफ्टवेयरले अनलाइनबाटै नतिजा प्रकाशित गर्न र अनलाइन विद्यार्थी भर्ना मिल्ने सुविधा ल्याएको हो ।

यो सुविधा ब्राइट अफिस सिस्टम्स प्रालिको ब्राइट स्कुल सफ्टवेयर प्रयोगकर्ताले पाउने छन् । विद्यालयको प्ले स्टोर तथा एप स्टोरबाट मोबाइल एप डाउनलोड गरी लगइन गरेर विद्यार्थी, शिक्षक तथा अभिभावकले सजिलै नतिजा हेर्न सक्ने छन् ।

ब्राईट स्कूलमा विद्यार्थीको इन्फर्मेसन, एकाउण्ट ,लाईब्रेरी, रिजल्ट, पेरोल, होस्टेल, जीपीएस, ईन्भेण्ट्रि, एटेण्डेन्स, टिचर स्टाफ इन्फर्मेसन, नोटिफिकेसन, होमवर्कलगायत अन्य धेरै फिचर रहेको कम्पनीका सिईओ लक्ष्मण गौतमले जानकारी दिए।

ब्राईट स्कूल मोबाईल एप्लिकेसनले स्टुडेण्ट, टिचर, म्यानेजमेन्ट प्यारेन्ट्स सबैलाई एकै ठाउँमा जोड्न सहयोग गर्ने कम्पनीको भनाई छ ।

ब्राईट स्कूल अफलाईन भर्सनमा १०० भन्दा धेरै प्रयोग गरिएको आईआरडी प्रमाणित सफ्टवेयर भएको तथा यो सफ्टवेयर बुटवल, नवलपरासी, पाल्पा, चितवन, काठमाडौं र पोखरामा प्रयोग भएको कम्पनीका सीटिओ सुमन गौतम जानकारी दिए।

ब्राईट स्कूल सफ्टवेयर प्रयोग गरि बिद्यालय ब्यबस्थापन गर्न सरल भएको कम्पनीको भनाई छ ।

प्रकाशित: १४ बैशाख २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार