
काठमाडौं ।
विश्वभर कोभिड १९ को महामारीले गर्दा अधिकांश मानिसहरु लकडाउनमा भएको बेला भिडियो कन्फ्रेन्सिङ्ग एपको माग निकै रहेको छ । यहि विषयलाई ध्यानमा दिएर सोशल मिडिया जायन्ट फेसबुकले पनि कन्फ्रेन्सिङ्ग टूल लन्च गरेको छ ।
फेसबुक इंकले यहि शुक्रबार भिडियो कन्फ्रेन्सिङ्ग टूल लन्च गरेको छ भने लाइस्ट्रिमिङ्ग फीचरलाई बिस्तार गरेको छ । कम्पनीका फाउण्डर तथा सिईओ मार्क जूकरबर्गले शुक्रबार ढिलोगरि ‘मेसेन्जर रुम्स’ (Messenger Rooms)फीचर लन्च गरेका हुन् ।
फेसबुकको भिडियो कन्फ्रेन्सिङ्ग टूल मेसेन्जर रुम्समा एक पटकमा ५० जनामानिसहरु सहभागी हुनसक्नेछन् । यसले सहभागीहरुमध्ये १६ जनासम्मलाई डेस्कटपमा देखाउन सक्नेछ भने ८ जनालाई मोबाइलमा टाइल लेआउटमा देखाउनेछ । यो करिब करिब अर्को भिडियो कन्फ्रेन्सिङ्ग एप जूमको जस्तै हुनेछ ।
फेसबुकका यूजर्सले फेसबुक प्रयोग नगर्नेहरुलाई पनि रुम्समा सहभागी हुन लिंक शेयर गर्नसक्नेछन् । जसमा डेस्कटप र मोबाइल दुबैको वेब भर्सनबाट लिंक शेयर गर्ने सुबिधा छ । जसले एप डाउनलोड गर्नुपर्ने वा एकाउन्ट बनाउनुपर्ने आवश्यकतालाई हटाएको छ । तर रुम्स होस्ट गर्नेसँग कसैलाई रोक्ने वा हटाउने थप अधिकार हुनेछ ।
यसैगरि फेसबुक मेसेन्जर रुम्समा कल गर्ने अवधि पुरै खुला गरिएको छ ।
फेसबुकले यो प्रडक्टलाई यो वर्षको तेस्रो र चौथो त्रैमासमा लन्च गर्ने योजना लिएको थियो तर फेसबुकले अहिलको लकडाउनमा भिडियो कन्फ्रेन्सिङ्गको मागमा भएको वृद्धिलाई हेरेर तत्काल यो प्रडक्ट ल्याएको हो ।
फेसबुकले विज्ञप्तिमार्फत आफ्नो अधिनमा रहेको ह्वाट्सएप र मेसेन्जरमा प्रत्येक दिन ७० करोड भन्दा बढि एकाउन्टहरु कुराकानीमा आबद्ध रहेको उल्लेख गरेको छ ।
मेसेन्जर रुम्सले सोशल नेटवर्कको अनलाइन सहभागीतालाई वृद्धि गर्नेछ भने यूजर्सलाई न्यूज फिडबाट नै सिधे भिडियो मिटिङ्गहरुमा सहभागी हुने सुविधा दिनेछ । यसका साथै फेसबुकले ह्वाट्सएप र इन्स्टाग्राममा पनि बटन राख्ने योजना गरेको छ तर यो केहि पछि मात्र आउनेछ ।
मेसेन्जर रुम्समा यूजर्सले फरक फरक किसिमको फिल्टरहरु प्रयोग गर्नसक्नेछन् ।
कम्पनीले ईण्ड टू ईण्ड एनक्रिप्सन लाई मेसेन्जर रुम्समा पनि लागू गर्ने योजना लिएको छ । कम्पनीको यो नयाँ प्रडक्ट हाल केहि देशहरुमा परीक्षण भईरहेको छ र छिटै विश्वभर उपलब्ध हुने मार्कले जानकारी दिएका छन् ।
प्रकाशित: १३ बैशाख २०७७, शनिबार