त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा संचालन गर्दै, विश्वविद्यालयको वेबसाइट भने अझै असुरक्षित

  • Technology Khabar | १३ बैशाख २०७७, शनिबार
त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा संचालन गर्दै, विश्वविद्यालयको वेबसाइट भने अझै असुरक्षित

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले कोरोनाभाइरसको महामारीका कारण देशभर लकडाउन भएको हुँदा अनलाइनमार्फत कक्षाहरु संचालन गर्ने भएको छ ।

विश्वविद्यालयले शुक्रबार सूचना जारी गर्दै विश्वविद्यालयका सबै कार्यक्रम र विषयहरुलाई विद्युतीय माध्यम(अनलाइन)बाट समेत अध्ययन अध्यापन गर्न सकिने सार्वजनिक गरेको छ ।

यसअघि विश्वविद्यालयको बुधबार बसेको प्राज्ञिक परिषद तथा कार्यकारी परिषदले अनलाइन कक्षा संचालन गर्ने निर्णय गरेअनुसार अनलाइन कक्षा संचालन गर्न लागेको हो ।

तर विश्वविद्यालयका कक्षाहरु अनलाइन संचालन हुने भएपनि प्रयोगात्मक/प्राक्टिकल परीक्षा भने अनलाइनमा हुनेछैन् ।

त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषदबाट शैक्षिक वर्षमा असर नपरोस भनेर अनलाइनबाट समेत अध्ययन अध्यापन गर्न सकिने व्यवस्था गरिएको र कार्यकारी परिषदले विद्युतीय माध्यमबाट गरिने कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७ कार्यान्वयनमा ल्याएको भन्दै अनलाइन कक्षा संचालन गर्न लागेको हो ।

विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. पेशल दाहालद्धारा जारी सूचनाअनुसार सबै डीन कार्यालयहरुमा कक्षा संचालनको व्यवस्थागर्न पत्र पठाईसकेको र डीन कार्यालयसँग समन्वयन गरी अनलाइन कक्षा संचालन गर्न भनिएको छ । पत्रअनुसार विश्वविद्यालयका सबै आंगिक क्याम्पस, स्कूल, विभागहरु तथा सम्बन्धन प्राप्त क्याम्पस तथा सम्बन्धित सबै शिक्षक कर्मचारी र विद्यार्थीहरुलाई अनलाइन कक्षाको बारेमा जानकारी गराईएको छ ।

यसअघि नै केहि क्याम्पसहरुले भने अनलाइन कक्षा संचालनको तयारी शुरु गरिसकेका छन् । केहि क्याम्पसहरुले भिडियो कन्फ्रेन्सिङ्ग एप जूममार्फत कक्षा शुरु गरेका छन भने बाँकी क्याम्पसहरुले पनि बिस्तारै अनलाइन कक्षा संचालन गर्ने बताईएको छ ।

त्रिभुवन विश्वविद्यालयको वेबसाइट नै असुरक्षित

अनलाइन कक्षा संचालन गर्न लागेको त्रिभुवन विश्वविद्यालयको वेबसाइट नै असुरक्षित देखिएको छ । विश्वविद्यालयको वेबसाइट (https://www.tribhuvan-university.edu.np/) मा वेबसाइट सुरक्षाको लागि राखिने एचटिटिपिएसको प्रमाणिकता आधिकारीक नभएको देखिएको छ। विश्वभर कुनैपनि वेबसाइटलाई सुरक्षित बनाउन र राख्नका लागि प्रमाणित एचटिटिपिएस प्रयोग गर्ने गरिन्छ ।

 

तर विश्वविद्यालयको वेबसाइटमा भने एचटिटिपिएसको अवधि समाप्त भईसकेको छ । जसले गर्दा सो साइटलाई जोखिमयुक्त भएको ब्राउजरहरुले देखाउने गरेका छन् ।ह्याकरले लीक गरेको थियो डाटा

त्रिभुवन विश्वविद्यालयले हाल अनलाइनमार्फत कक्षा संचालन गर्न लागेको भएपनि त्यसको वेबसाइट मात्र असुरक्षित भएको होईन की त्रिभुवन विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरुको जानकारी पनि ह्याकरले केहि समयअघि ह्याक गरेर लीक गरेको थियो।

केहि समयअघि सातान नामक ह्याकरले ट्विटरमार्फत विश्वविद्यालयका विभिन्न फ्याकल्टिका शिक्षकहरु तथा कर्मचारीहरुको ईमेलसहितको जानकारी सार्वजनिक गरिदिएको थियो।

यो पनि हेर्नुस्-

त्रिभुवन विश्वविद्यालयका अध्यापकहरुको डाटा ह्याक, प्रभु मनी ट्रान्सफरको डाटा लिएको ह्याकरको दाबी

 

प्रकाशित: १३ बैशाख २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार