टेमासेक फाउन्डेशनले नेपाललाई कोभिड-१९ परीक्षण गर्न १० हजार फर्टिट्यूड किट २.० दियो

  • Technology Khabar | १२ बैशाख २०७७, शुक्रबार
टेमासेक फाउन्डेशनले नेपाललाई कोभिड-१९ परीक्षण गर्न १० हजार फर्टिट्यूड किट २.० दियो

काठमाडौं ।

सिंगापूर लगानीकर्ता कम्पनी अन्तर्गत एक परोपकारी संस्था टेमासेक फाउन्डेशनले नेपाललाई १०,००० फर्टिट्यूड किट २.० प्रदान गरेको छ ।

उक्त किटहरु नेपाल सेनालाई प्रदान गरिएको थियो जुन फ्रन्टलाइन स्वास्थकर्मद्वारा देशभरका कोभिड-१९ का बिरामीहरुको परिक्षणका लागि उपयोग गरिनेछ ।

फर्टिट्यूड किट २.० विज्ञान, प्रविधि तथा अनुसन्धानका लागि सिंगापूरको एजेन्सीद्वारा एसएआरएस कोभिड-२ भाइरस पत्ता लगाउनका लागि डिजाइन गरिएको हो । यो एसएआरएस कोभिड-२ भाइरस पत्ता लगाउनका लागि “अल इन वान” १ चरण आरटी-पीसीआर किट हो । यो किटमा आरटी-पीसी r/0fR  रियाक्शनका लागि आवश्यक सम्पूर्ण सामाग्रीहरु प्रइमर प्रोब मिक्स, इन्जाइम मिक्स, पोजेटिभ कन्ट्रोल, नेगेटिभ कन्ट्रोल र इन्टरनल कन्ट्रोल टेमप्लेट सहित आउँदछ ।

टेमासेक फाउन्डेशन इन्टरनेशनलका प्रमुख कार्यकारी निर्देशक बेन्डिक्ट चियोङले भने, “यो कठिन समयमा, टेमासेक फाउन्डेशन नेपालका हाम्रा साथीहरुसँग एकतावद्ध छ । हामी आशा गर्दछौं कि यी किटहरु नेपालमा साहसपूर्वक कोभिड-१९ का अवस्थाहरुलाई व्यवस्थापन गरिरहेका अस्पताल र चिकित्सकहरुलाई उपयोगी हुनेछ । हामी हाम्रो निरन्तर सहकार्यलाई कायम गर्दै एकअर्कासँग र अन्तर्राष्ट्रिय समुदायहरुसँग कार्य जारी राख्नेछौं ।”

टेमासेक फाउन्डेशनले नेपाल सरकारको सीसीएमसी, स्वास्थ मन्त्रालय, नागरिक समाजका सदस्यहरु डा. बिजेन्द्र बराल, रञ्जित आचार्य र निल पाण्डेलाई समन्यवयन प्रयासका लागि हार्दिक आभार व्यक्त गरेको छ । श्री एयरलाइन्स र उद्योगीहरु पशुपति मुरारका तथा शेखर गोल्छाले सिंगापूरबाट सामानहरु ल्याउन प्लाइट चार्टर्ड गरेका थिए ।

टेमासेक फाउन्डेशनले सन् २०१४ मा प्रकोप न्यूनिकरण प्रयासको रुपमा सरकारी विद्यालयहरुको पर्खाल संरचनाहरु सुद्दढ पार्न मद्दत गरेको थियो । यो फाउन्डेशनले आवश्यकताको समयमा देशको सेवा गर्दै आइरहेको जनाएको छ ।

प्रकाशित: १२ बैशाख २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...