गूगलको प्लेटफर्ममा विज्ञापन गर्नुहुन्छ, त्यसोभए अब अनिवार्यरुपमा परिचय प्रमाणिकरण गर्नुस्

Technology Khabar १२ बैशाख २०७७, शुक्रबार

गूगलको प्लेटफर्ममा विज्ञापन गर्नुहुन्छ, त्यसोभए अब अनिवार्यरुपमा परिचय प्रमाणिकरण गर्नुस्
फाइल

काठमाडौं ।

अल्फोबेट इंकको गूगलले सबै विज्ञापनदाताहरुले प्रमाणिकरण प्रकृया अनिवार्य पुरा गर्नुपर्ने बताएको छ । गूगलले सम्पूर्ण विज्ञापनदाताहरुले आफ्नो प्लेटफर्ममा विज्ञापन स्थान किन्नुभन्दा पहिलो सम्पूर्ण प्रमाणिकरणको प्रकृया पुरा गर्नुपर्ने बिहिबार घोषणा गरेको हो ।

यो गर्मीको मौसमदेखि कम्पनीले एड प्राक्टिसलाई थप पारदर्शि बनाउने उद्धेश्यले नयाँ नियम ल्याएको बताएको छ ।

अब विज्ञापनदाताहरुले व्यक्तिगत प्रमाणित हुने परिचयपत्र र व्यवसायीक संस्थाहरुले भने उनीहरु को हो भन्ने स्पष्ट हुने डकुमेन्ट बुझाउनुपर्नेछ ।

कम्पनीहरुले आफूले व्यवसाय संचालन गरिरहेको देशमा कुन काम गरिरहेको भन्ने स्पष्ट खुल्ने बिबरणहरु बुझाउनुपर्ने कम्पनीले ब्लगमार्फत जानकारी दिएको हो ।

गूगलले अहिलेसम्म परिचय प्रमाणिकरणको काम केबल राजनितीक विज्ञापनदाताहरुले संचालन गर्ने चुनावी विज्ञापनहरुका लागि मात्र लागू गरेको छ ।

प्रमाणिकरण प्रकृया प्रायजसो न्यून स्तरका विज्ञापनदाताहरुलाई फिल्टर गर्नका लागि प्रयोग गरिँदै आएको छ जसमा कोरोनाभाइरस महामारीको समयमा नक्कली मेडिकल मास्कहरु बिक्री गर्नेहरुलाई रोक्नका लागि जस्तै हो ।

कम्पनीले विज्ञापनदाताहरुलाई प्रमाणित गर्ने प्रकृयालाई चरणबद्धरुपमा शुरु गर्ने बताएको छ जसमा शुरुवातमा अमेरिकामा लागू हुनेछ भने क्रमशः विश्वभर लागू हुनेछ । कम्पनीले विश्वभर यो प्रकृया जारी गर्न केहि वर्ष लाग्ने अनुमान गरेको छ ।

यहि समर सिजनदेखि यूजर्सले देखिने विज्ञापन गर्ने विज्ञापनदाताको पछाडि सूचना हेर्न सक्षम हुने गूगलले बताएको छ ।

‘यो परिवर्तनले मानिसहरुलाई सो विज्ञापनहरुको पछाडि को विज्ञापनदाता छ भन्ने बुझ्न सहज हुनेछ,’ कम्पनीले ब्लगमा भनेकोछ । यसका साथै डिजिटल एडभरटाईजिङ्ग ईकोसिस्टमको स्वास्थ्यलाई ठिक राख्न र खराब एक्टरहरुलाई पत्ता लगाउन र उनीहरुको पहुँचलाई सिमित गर्न समेत सहयोग हुने उल्लेख गरेको छ ।

प्रकाशित: १२ बैशाख २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया