एप्पलले आफ्ना सबै म्याक कम्प्यूटरहरुमा सन् २०२१ देखि आफ्नै चीप्स प्रयोग गर्ने

Technology Khabar १२ बैशाख २०७७, शुक्रबार

काठमाडौं ।

अमेरिकी टेक कम्पनी एप्पल इंकले आफ्नै मेन प्रोसेसरका साथमा म्याक कम्प्यूटरहरु आगामी वर्षभित्र बजारमा ल्याउने योजना लिएको छ ।

हालै ब्लूमबर्गले सार्वजनिक गरेको रिपोर्टअनुसार एप्पलले आईफोन र आईप्याडहरुमा प्रयोग भएको चीप डिजाइनको आधारमा नै नयाँ प्रोसेसर बनाउने योजना गरिरहेको छ ।

आईफोन निर्माता कम्पनीले हाल ३ वटा म्याक प्रोसेसरमा काम गरिरहेको छ जून नयाँ आईफोनमा राखिने ए१४ प्रोसेसरमा आधारित रहेको छ ।

कम्पनीले अहिलेको प्रोसेसर आपूर्तिकर्ता इन्टेल कर्पबाट आपूर्ति गरिरहेको छ भने अब त्यसलाई म्याक लाइनअपमा आफ्नै प्रोसेसर राख्नेछ ।

एप्पलले सन् २००६ देखि इन्टेलको प्रोसेसर प्रयोग गरिरहेको छ र त्यसको एक वर्षपति सबै म्याक कम्यूटरहरुमा त्यसको चीप्स प्रयोग गरेको छ । आईफोनहरुका लाग मोडेम चीप बनाएजस्तै इन्टेलले एप्पलका अन्य उत्पादनहरुको लागि समेत चीप बनाएको छ ।

कम्पनीले आफ्नो मोडेम चीप्सको लागि संधै बाहिरी आपूर्तिकर्तासँग भर परिरहेको छ । तर कम्पनीले आफ्नै चीप बनाउनका लागि कम्पनीले गत वर्षमात्रै इन्टेलको मोडेम बिजनेस १ अर्ब डलरमा खरिद गरेको थियो भने क्वालकम इंकसँगको लामो बिबाद समेत टुंग्याएको थियो । एजेन्सी

प्रकाशित: १२ बैशाख २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया