फेसबुकको मेसेन्जर किड्स एप नेपालमा उपलब्ध, बालबालिकाहरुले एक आपसमा च्याट गर्न सक्ने

  • Technology Khabar | ११ बैशाख २०७७, बिहीबार
फेसबुकको मेसेन्जर किड्स एप नेपालमा उपलब्ध, बालबालिकाहरुले एक आपसमा च्याट गर्न सक्ने

काठमाडौं ।

फेसबुकको मेसेजिंग एपको बालबालिकाको लागि तयार पारिएको फेसबुक मेसेन्जर किड्स एप थप फीचरका साथ नेपालसहित ७० भन्दा बढि देशमा उपलब्ध भएको छ ।

फेसबुकले हालै आफ्नो मेसेन्जर किड्स एपलाई थप परिमार्जन र परिस्कृत गर्दै बिस्तार गरेको हो ।

सो एप सन् २०१७ मा पहिलो पटक अमेरिकामा लन्च गरिएको थियो जसमा कयौं सेक्यूरिटी कमजोरीहरु भेटिएका थिए ।

तर अहिले भने फेसबुकले ती सबै समस्यालाई समाधान गर्दै नयाँ फीचरहरु समेत राखेको छ । नयाँ फीचरमा सूपरभाइज्ड फ्रेण्डिङ्ग, अप्रुभ्ड एडल्ट्स र ईजियर कनेक्सन्स रहेको छ ।

यसअघि एपमा बालबालिकाहरुले आफैं नयाँ कनेक्सन थप गर्ने सुबिधा थिएन र त्यसको लागि उनीहरुका अभिभावकले मात्र गर्न सक्दथे । तर अहिलेको नयाँ फीचरमा भने इन्भाइट गरेको कन्ट्याक्सलाई स्वीकार गर्न सक्नेछन्, जहाँ अभिभावकलाई त्यसको नोटिफाई हुनेछ ।

त्यसैगरि यसमा बालबालिकाहरुको ग्रुपमा वयस्क मानिसहरुलाई अभिभावकको अनुमतिमा प्रवेश गर्न दिने सुबिधा राखिएको छ ।

यसबाहेक अर्को नयाँ फीचरले अभिभावकहरुलाई आफ्ना बालबालिकाको नाम र प्रोफाईल फोटा अर्को कन्ट्याक्ट नभएको ग्रुपहरुमा देखाउन सक्ने बनाउन अनुमति दिनेछ ।

यी सबै फीचरहरु हाल अमेरिकामात्र उपलब्ध भएका छन भने हाल ७० भन्दा बढि देशहरुमा पुरानै फीचरसहितको फेसबुक मेसेन्जर किड्स लन्च गरिएको छ । नयाँ फीचर बिस्तारै सबैलाई उपलब्ध गराउने फेसबुकले बताएको छ ।

प्रकाशित: ११ बैशाख २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार