नेपाल प्रहरीले भन्यो– प्रविधिको दूरुपयोग गरेर अनलाइन स्क्याम हुनसक्छ, सतर्क हुनुहोस्

  • Technology Khabar | ११ बैशाख २०७७, बिहीबार
नेपाल प्रहरीले भन्यो– प्रविधिको दूरुपयोग गरेर अनलाइन स्क्याम हुनसक्छ, सतर्क हुनुहोस्

काठमाडौं ।

नेपाल प्रहरीले कोभिड-१९ को महामारीले गर्दा लकडाउनमा बसेको बेला कोभिड-१९ को बारेमा प्रविधिको दूरुपयोग गरेर धोकाधडी हुनसक्ने भन्दै सबैलाई सचेत गराएको छ ।

नेपाल प्रहरीले टेलिफोनमार्फत र इन्टरनेटमार्फत अनलाइन जोखिम हुनसक्ने भन्दै सबैलाई सतर्क गराएको हो । प्रहरीले अनलाइन स्क्याम हुनसक्ने भन्दै सबैलाई बच्न समेत अनुरोध गरेको छ ।

नेपाल प्रहरीले टेलिफोनमार्फत विरामीलाई आर्थिक सहयोगका लागि अनुरोध आउन सक्ने, स्वास्थ्यकर्मी भन्दै सहयोगका लागी अनुरोध आउने र राहत संकलनका लागी अनुरोध माग्न सक्नेमा सतर्क गराएको हो ।

त्यसैगरि इन्टरनेटमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाको नाममा ईमेल आउन सक्ने, गोप्यता कायम राख्नुपर्ने व्यक्तिगत बिबरण माग्ने, अपरिचित ठेगानाबाट अट्याच अथवा लिंकको रुपमा मालवेयर आउनसक्नेतर्फ सबैलाई सचेत गराएको हो ।

नेपाल प्रहरीले अनलाइनमार्फत अपरिचित साइटमा आर्थिक भुक्तानीको लागी अनुरोध गरेर समेत अनलाइन स्क्याम्स गर्नसक्ने भन्दै सबैलाई सो बारेमा अलर्ट गराएको हो ।

प्रकाशित: ११ बैशाख २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...