
काठमाडौं ।
एनसेलका प्रिपेड ग्राहकले अब टक टाइम, डेटा र एसएमएस सेवा कोसेलीको रुपमा आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइलाई उपहार स्वरुप पठाउन सक्नेछन् ।
एनसेल प्राइभेट लिमिटेडले आमाको मुख हेर्ने दिनको अवसरमा आफ्ना प्रिपेड ग्राहकका लागि एनसेल कोसेली अफर अन्तर्गत विभिन्न आकर्षक योजनाहरु ल्याएको छ जसअन्तर्गत ग्राहकले एनसेलको प्रिपेड सेवा प्रयोग गरिरहेका आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइलाई भ्वाइस प्याक, डेटा प्याक र एसएमएस प्याक उपहार स्वरुप पठाउन सक्नेछन् ।
एनसेल कोसेलीको रुपमा पठाउन सकिने सेवाहरुमा ७५ मिनेट टक टाइम, ५५ मिनेट टक टाइम, ६०० एमबी डाटा, २१०० एमबी डाटा र १,००० एसएमएस रहेका छन् । एनसेल कोसेलीको अन्तर्गतको यी प्याकहरु यहि बिहीबार (वैशाख ११) देखि लागु हुने जानकारी दिएकोछ ।
एनसेलका प्रिपेड ग्राहकले ७५ मिनेट भ्वाइस प्याक कर सहित मात्र रु ६२.५७ र त्यसै गरी अर्को ५५ मिनेट भ्वाइस प्याक कर सहित रु ३१.९२ मा उपहार पठाउन सक्नेछन् । ५५ मिनेटको भ्वाइस प्याक उपहार प्राप्त गर्ने ग्राहकले ३ दिन भित्र एनसेल नेटवर्कभित्र उक्त भ्वाइस सेवा प्रयोग गर्न सक्नेछन् । त्यस्तै ७५ मिनेटको भ्वाइस प्याक उपहार पाउने ग्राहकले ७ दिन भित्र एनसेल नेटवर्कभित्र उक्त भ्वाइस सेवाको प्रयोग गर्न सक्नेछन् ।
डाटामा ग्राहकले ६०० एमबी डाटा (२०० एमबी अल नेट, २०० एमबी फोरजी र २०० एमबी नाइट डाटा) मात्र रु ४४.६९ मा उपहार स्वरुप पठाउन सक्नेछन् । उक्त डाटा प्याक ३ दिनको लागि मान्य रहनेछ । त्यसै गरी प्रिपेड ग्राहकले आफ्ना साथिभाई तथा परिवारजनलाई २१०० एमबी डाटा (हरेक दिन ३०० एमबी ७ दिन सम्म) मात्र रु ९७.४ मा उपहार दिन सक्नेछन् ।
यसका साथै प्रिपेड ग्राहकले १००० वटा एसएमएसको प्याक उपहार स्वरुप मात्र रु २४.२६ मा पठाउन सक्नेछन् । यसरी प्राप्त हुने एसएमएस उपहार प्राप्त गर्ने ग्राहकले आफुले पाएको मितिबाट ३० दिन सम्म प्रयोग गर्न सक्नेछन् ।
एनसेल कोसेली अफर अन्तर्गतका उपहारहरु पठाउन ग्राहकले एस्ट्रिक्स१७१११ह्यास डायल गरी निर्देशन अनुसारको विकल्पहरु छनोट गरी एनसेल कोसेली सजिलै पठाउन सक्नेछन् । ग्राहकले १७१११ मा डायल गरी यो अफरको जानकारी पनि लिन सक्नेछन् ।
उपहार वापतको शुल्क उपहार पठाउने ग्राहकको मेन ब्यालेन्सबाट काटिनेछ र एनसेल कोसेलीबाट उपहार पठाउन थप अन्य कुनै सेवा शुल्क नलाग्ने कम्पनीले उल्लेख गरेको छ ।
प्रिपेड ग्राहकले आफ्नो ईच्छा बमोजिम जति पटक पनि उपहार पठाउन सक्ने कम्पनीले जनाएको छ ।
प्रकाशित: १० बैशाख २०७७, बुधबार