
काठमाडौं ।
गत केही वर्षमा फोल्डेबल स्मार्टफोनहरूको प्रवेश स्मार्टफोन उद्योगको सबैभन्दा आकर्षक र उत्तम प्रविधि हो।
सामसङ्गले यस बर्ष आफ्नो दोस्रो फोल्डेबल फोनको रुपमा फ्लिप स्मार्टफोन ग्यालेक्सी जेड फ्लिप लन्च गरिसकेको छ । त्यसैगरि ह्वावे मोटोरोलाले पनि आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन गत वर्ष नै बजारमा ल्याए ।
अब भने अन्य कम्पनीहरुले पनि सामसँगकै जस्तो डिजाइनमा फोनहरुमा काम गरिरहेका छन् । अन्य कम्पनीहरूले पनि बजारमा यस्तै नयाँ स्मार्टफोनहरू चाँडै नै लन्च गर्न सक्दछन्।
डिस्प्ले टेक्नोलोजीको विकासको साथमा फोल्डेबल डिस्प्लेको मूल्य घट्ने हुनाले धेरै भन्दा धेरै कम्पनीहरूले फोल्डेबल स्मार्टफोनहरू लन्च गर्न सक्नेछन्।
त्यसकारण पनि स्मार्टफोन मेकर चिनियाँ कम्पनी शाओमीले पनि आफ्नो क्लामशेल फोल्डेबल स्मार्टफोन लन्च गर्ने अनुमान गरिएको छ । हालै आएको एक रिपोर्टअनुसार शाओमीले यो वर्ष क्लामशेल डिजाइनमा फोल्डेबल स्मार्टफोन ल्याउन सक्नेछ ।
हाल फोल्डेबल स्मार्टफोन बजारमा दुई किसिमका डिजाइनहरु रहेका छन् । एउटा डिजाइन सामसङको ग्यालेक्सी फोल्ड जस्तै फोल्डेबल स्मार्टफोन र अर्को सामसङकै ग्यालेक्सी जेड फ्लिप र मोटोरोलाको रेजर जस्ता क्लामशेल फोल्डेबल स्मार्टफोन डिजाइन् ।
शाओमीले पनि पहिलो डिजाइन भन्दा दोस्रो ग्यालेक्सी जेड फ्लिप डिजाइन प्रयोग गर्न लागेको छ ।
जेडनेट कोरियाको रिपोर्टअनुसार शाओमीले सामसङ्ग डिस्प्ले सप्लाईसँग क्लामशेल टाइपको फ्लेक्सिबल ओएलईडी डिस्प्लेको माग गरेको छ, जुन कम्पनीले ग्यालक्सी जेड फ्लिपमा प्रयोग गरेको छ।रिपोर्टकाअनुसार शाओमीले क्लामशेल टाइपको फ्लेक्सिबल ओएलईडी डिस्प्ले अर्को कम्पनी एलजीसँग पनि मागेको छ ।
शाओमीले क्लामशेल फोल्डेबल स्मार्टफोनको मास प्रडक्सन यहि वर्षको दोस्रो अर्ध वार्षिकमा शुरु गर्नेछ । तर यो क्लामशेल फोल्डेबल स्मार्टफोनको बारेमा कुनै थप जानकारीहरु बाहिर आएको छैन् ।
यसअघि नै शाओमीका फोल्डेबल स्मार्टफोनका केहि डिजाइनहरु बाहिर आएका थिए । एजेन्सी
प्रकाशित: १० बैशाख २०७७, बुधबार