Technology Khabar १० बैशाख २०७७, बुधबार
काठमाडौं ।
ह्याकरले व्यक्तिगत डाटा बेचेको नयाँ मामला बाहिर आएको छ।जसमा फेसबुकका करोडौं करोडौं प्रयोगकर्ताहरुको डाटा डार्क वेबमा बिक्री भईरहेको भेटिएको छ ।
रिपोर्टका अनुसार २६.७ करोड फेसबुक प्रयोगकर्ताहरूको डाटा करिब ५०० यूरो अर्थात करिब ६७ हजार रुपैयाँमा बिक्री भइरहेको छ। यी विवरणहरूमा प्रयोगकर्ताहरूको ईमेल, नाम, फेसबुक आईडी, जन्म मिति र फोन नम्बर, उमेरलगायतका अन्य जानकारी समाबेश रहेका छन्।
सन्तोषजनक कुरा यो हो कि यी बिक्री भईरहेका डाटाहरुमा प्रयोगकर्ताहरूका पासवर्डहरू लीक गरिएको छैन्।
फेसबुकको डाटा बिक्री भईरहेको जानकारी साइबर रिस्क असाइनमेन्ट प्लेटफर्म साइबल इंकले ब्लग पाेस्टमार्फत दिएको हो। यहि फर्मले यसअघि पनि जूमका ५ लाख भन्दा बढि एकाउन्टहरुको डिटेल डार्क वेबमा बिक्री भईरहेको जानकारी दिएको थियो ।

फर्मले फेसबुकबाट लीक भएका ती डाटाहरु किन्न सकिने र डाउनलोड गर्न सकिने किसिमको भएको बताएको छ ।
कम्पनीले यी डाटाहरु कसरी लीक भयो भनेर आफूले थाहा नपाएको बताएको छ । यो डाटा तेस्रो पार्टी एपीआई (एप्लिकेसन प्रोग्रामिंग ईन्टरफेस) वा स्क्र्यापिंगको कारणले गर्दा लीक भएको अनुमान गरिएको छ।
साइबलकाअनुसार लीक भएका डाटाहरुमा प्रयोगकर्ताहरूको धेरै संवेदनशील जानकारीहरु समावेश भएको छ। जुन साइबर अपराधिहरुका लागि फिशिंग र स्पामिंग गर्न प्रयोग गर्न सकिनेछ। कम्पनीले यस बारेमा मानिसहरूलाई सावधान गराएको छ।
फर्मले फेसबुक यूजर्सलाई आफ्नाो एकाउन्टको प्राइभेसी सेटिङ्गमा ध्यान दिन र अनावश्यक र नचिनेका ईमेलहरु तथा टेक्स्ट मेसेज नहेर्न सुझाब दिएको छ ।
प्रकाशित: १० बैशाख २०७७, बुधबार