Technology Khabar १० बैशाख २०७७, बुधबार
काठमाडौं ।
विश्वभर अधिकांश मानिसहरु कोभिड १९ महामारीले गर्दा लकडाउनमा बसेका छन् । यसको फाईदा भने भिडियो कन्फ्रेन्सिङ्ग र भिडियो स्ट्रिमिङ्ग सर्भिस कम्पनीहरुलाई भएकोछ । जसले गर्दा कम्पनीहरुको यूजर्स र आम्दानी पनि बढिरहेको छ ।
यसैबेलामा भिडियो स्ट्रिमिङ्ग सर्भिस नेटफ्लिक्सले सन् २०२०को पहिलो त्रैमासमा अपेक्षित ग्राहक भन्दा पनि बढि ग्राहक बनाएको छ ।
अहिलेको क्राईसिस भन्दा पहिले नेटफ्लिक्सले यो त्रैमाससम्ममा करिब ७० लाख नेट नयाँ शुल्क तिर्ने ग्राहकहरु हुने अनुमान गरेको थियो तर त्यसमा नाटकिय परिवर्तन हुँदै त्यसको दोब्बर अर्थात १ करोड ५७ लाख ७० हजार सशुल्क ग्राहकहरु थप भएका छन् ।
नयाँ थपिएका ग्राहकहरुको संख्यासँगै अब नेटफ्लिक्समा नेट पेड सब्सक्राईबरहरु १८ करोड २८ लाख ६० हजार हाराहारी पुगेका छन् ।
सोहि अवधिमा कम्पनीले ५.७७ अर्ब डलर आम्दानी गरेको छ भने अर्निङ्ग पर शेयर १.५७ रहेको छ ।
नेटफ्लिक्सकाअनुसार यो अहिलेको ग्राहक वृद्धि भने अस्थाई हो । कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई मानिसहरु अहिले घरमा नै बसिरहेको हुँदा अस्थाईरुपमा सदस्यता वृद्धि भएको बताएको छ । त्यसैगरि आम्दानी घट्नुमा डलरको मूल्य बढ्नु हो भने अहिले प्रडक्सन नहुँदा अन्य आम्दानी हुने केहि शोहरु रोकिएको बताएको छ । एजेन्सी
प्रकाशित: १० बैशाख २०७७, बुधबार