सोशल मिडिया फेसबुकले भारतीय टेल्को रिलायन्स जियोमा ५.६ अर्ब डलर लगानी गर्यो

  • Technology Khabar | १० बैशाख २०७७, बुधबार
सोशल मिडिया फेसबुकले भारतीय टेल्को रिलायन्स जियोमा ५.६ अर्ब डलर लगानी गर्यो

काठमाडौं ।

विश्वभर कोरोनाको महामारी र लकडाउनको अवस्था चलिरहँदा सोशल मिडिया कम्पनी फेसबुकले भारतको टेलिकम कम्पनी रिलायन्स जियोमा लगानी गर्ने भएको छ।

कम्पनीले जियोको ९.९९ प्रतिशत शेयर किन्ने घोषणा गरेको छ । सो शेयर किन्नका लागि फेसबुकले ५.७ अर्ब अमेरिकी डलर लगानी गर्नेछ । यो लगानीका साग रिलायन्समा फेसबुक सबैभन्दा ठूलो शेयरहोल्डर समेत बन्नेछ ।

सो डिलको बारेमा रिलायन्सले सानो हिस्साको लागि ठूलो टेक कम्पनीको यो अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी भएको बताएको छ । जियोले भारतको ६ करोड साना ठूला व्यवसाय, १२ करोड किसानहरु र ३ करोड साना व्यापारीहरु र लाखौं साना उद्यमहरुमा ध्यान केन्द्रित गर्ने बताएको छ ।

त्यसैगरि फेसबुकले सो सम्झौताको बारेमा जानकारी दिँदै जियोले भारतमा ठूलो परिवर्तन ल्याएको बताएको छ । कम्पनीकाअनुसार जियोले चार सालभन्दा पनि कम समयमा ३८ करोड भन्दा अधिक मानिसहरुसम्म पुगेको बताएको छ भने जियोसँग मिलेर भारतमा अझ धेरै मानिसहरुसँग जोडिने उल्लेख गरेको छ ।

भारतीय बजारमा अग्रस्थानमा रहेको जियोले सन् २०१६ मा फ्री भ्वाइस कल र सस्तो डाटा सेवा उपलब्ध गराएको थियो । भारतीय बजारमा हरेक ५ स्मार्टफोन यूजर्समध्ये ३ यूजर्स जियो नेटवर्कमा छन् ।

मार्क जूकरबर्गले यो डिलको बारेमा फेसबुक पोस्ट लेखेका छन् । उनले भने, ‘हामी रिलायन्स जियो प्लेटफर्ममा साथै मिलेर काम गरिरहेका छौं। भारत एउटा ठूलो डिजिटल परिवर्तनको समयमा गुज्रिरहेको छ । यस परिवर्तनलाई रिलायन्स जियो जस्ता प्लेटफर्मले करोडौं भारतीय मानिसहरु वा साना व्यवसायहरुलाई डिजिटल मोडद्धारा जोडेको छ । वर्तमान अवस्थामा यो निकै महत्वपूर्ण हो । ‘

जूकरबर्गले भारतमा मानिसहरु र व्यवसायहरुको सहयोगका लागि जियोसँग साझेदारी गरिएको बताएका छन् । उनले भारतमा ६ करोड साना व्यवसाय र लाखौं मानिसहरु डिजिटल प्लेटफर्ममा आधारित रहेको जानकारी दिए ।

प्रकाशित: १० बैशाख २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...