
काठमाडौं ।
चिनियाँ टेक कम्पनी अलिबाबाले आफ्नो क्लाउड बिजनेसलाई बिस्तार गर्न थप लगानी गर्ने घोषणा गरेको छ।
अलिबाबा ग्रुप होल्डिङ्ग लिमिटेडले आगामी तीन वर्षमा २०० अर्ब चिनियाँ यूआन अर्थात करिब २८ अर्ब अमेरिकी डलर क्लाउड पूर्वाधारमा लगानी गर्ने घोषणा गरेको हो।
कोरोना महामारीका कारण चीनमा क्लाउडमा आधारित सेवाहरु विशेषगरि बिजेन सफ्टवेयरको माग उच्चवृद्धि भएपछि कम्पनीले पूर्वाधारमा थप लगानी गर्ने घोषणा गरेको हो।
कम्पनीले थप लगानी क्लाउड प्रविधिसँगै सेमि कण्डक्टर तथा अपरेटिङ सिस्टम विकासका साथै आफ्नो सेवा र डाटा सेन्टर पूर्वाधारमा लगानी गरिने जानकारी गराएको छ।
चीनमा गएको फरबरीमा मानिसहरुले घरबाटै काम गर्दा चीनको प्रमुख क्लाउड कम्पनीले आफ्नो सफ्टवेयरको माग उच्च भएको अनुभव गरेको थियो । जसमा विशेषगरि वर्कप्लेस च्याट एप डिङ्गटकको प्रयोग व्यवसाय र विद्यालयहरुमा देखिएको थियो ।
‘अर्थतन्त्रको सम्पूर्ण क्षेत्रहरुमा कोभिड १९ महामारीले अतिरिक्त दबाब दियो । हाम्रो थप लगानी आधारभुत प्रविधि तथा क्लाउड पूर्वाधारमा हुने छ। हामीलाई विश्वास छ कि यसबाट विश्वासनीय कम्प्युटिङ श्रोत उपलब्ध हुनेछ। यो लगानीले व्यवसायहरुलाई पुन सुधार गर्न सहयोग पुग्ने आशा गरेका छौं ।’ अलिबाबा क्लाउड इन्टेलिजेन्स प्रेसिडेन्ट जेफ झ्याङले विज्ञप्तिमा भनेका छन्। एजेन्सी
प्रकाशित: ९ बैशाख २०७७, मंगलवार