
काठमाडौं ।
भिडियो कन्फ्रेरेन्स मार्फत विवाह गरेपनि अब विवाह प्रमाणपत्र पाईने भएको छ । तर यो नेपालमा भने होईन् ।
अमेरिकाको न्यूयोर्क शहरका गर्भनरले हालै भिडियो कन्फेरेन्समार्फत विवाह गरेमा पनि प्रमाणपत्र दिने निर्देशन जारी गरेका हुन् ।
पछिल्लो दिनमा कोभिड-१९ महामारीको कारण अमेरिकी शहर न्यूयोर्क सबैभन्दा बढि प्रभावित भएको छ । जहाँ अझैपनि मानिसहरु लकडाउनमा नै छन भने हजारौं मानिसहरुको मृत्यु भईसकेको छ । त्यसैगरि न्यूयोर्क म्यारिज ब्यूरो पनि बन्द भएको छ ।
न्यूयोर्कका गर्भनर एन्ड्र्यू कुओमोले हालै जूममार्फत विवाह गरेपनि हुने भन्दै नयाँ निर्देशन दिएका हुन् ।
NEW: I am issuing an Executive Order allowing New Yorkers to obtain a marriage license remotely and allowing clerks to perform ceremonies via video conference.
— Archive: Governor Andrew Cuomo (@NYGovCuomo) April 18, 2020
उनले न्यूयोर्कका दम्पतीहरु जो विवाह गर्न चाहन्छन उनीहरुले जूममार्फत पनि विवाह गर्न सक्ने र लाइसेन्सको लागि आवेदन दिन सक्ने बताएका हुन् । त्यसको लागि कुनै आधारभूत मापदण्ड नतोकिएको स्पष्ट पारे ।
प्रकाशित: ८ बैशाख २०७७, सोमबार