
काठमाडौं ।
रुपन्देहीको देवदह-७ शितलनगरमा संचालित सगरमाथा आवासीय माबिले बार्षिक परीक्षा २०७६ को कक्षा प्ले ग्रुपदेखि कक्षा नौ सम्मको (कक्षा ८ बाहेक) नतिजा आज आफ्नो विद्यालयको एप ‘सगरमाथा एप’ मा हेर्न सकिने गरि सार्बजनिक गरेको छ ।
विद्यालयले ब्राइट अफिस सिस्टम्सले विद्यालयका लागि तयार पारेको सो एपमार्फत विद्यार्थीहरुको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
बिद्यालयको सो एपबाट विद्यार्थीको नतिजा, विद्याथी भर्ना, घरबाटै भुक्तानी गर्न सकिने व्यवस्था रहेको सो एप निर्माण गर्ने कम्पनी ब्राइट अफिस सिस्टम्स प्रालि का प्रमुख कार्यकारी अधिकृत लक्ष्मण गौतमले जानकारी दिए ।
कोविड-१९ को महामारीको कारण लामो समय लकडाउन भइ घरमै बस्नु परेको र आफ्नो बार्षिक परिक्षाको नतिजा के कस्तो भयो हेर्न पनि नपाएको गुनासो बिद्यार्थी एबम अभिभावकबाट आउन थालेपछि तयारी अबस्थामा रहेको नतिजा सार्बजनिक गर्दा बिद्यार्थीमा सकारात्मक असर पर्ने महसुस गरि बिद्यालयले नतिजा सार्बजनिक गरेको बिद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
सो एपमा विद्यार्थीले कुन विषयमा कति अंक ल्याए भनेर समेत हेर्न सकिनेछ । त्यसैगरि एपमा नै विद्यार्थी कति दिन विद्यालयमा उपस्थित रहेको थियो भन्ने जानकारी पनि उपलब्ध हुने एप निर्माता कम्पनीले जनाएको छ ।
प्रकाशित: ७ बैशाख २०७७, आईतवार