इन्टरनेट सेवा प्रदायक संघले ग्राहकलाई भन्यो- इन्टरनेट सेवा निरन्तर गर्नेभए डिजिटल भुक्तानी गर्नुस्

  • Technology Khabar | ७ बैशाख २०७७, आईतवार
इन्टरनेट सेवा प्रदायक संघले ग्राहकलाई भन्यो- इन्टरनेट सेवा निरन्तर गर्नेभए डिजिटल भुक्तानी गर्नुस्

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल(आइस्पान)ले इन्टरनेट सेवा शुचारु राख्नका लागि शारिरिक असक्त र वृद्धवृद्धाबाहेकका सबै ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्न भनेकोछ । संस्थाले समयमै भुक्तानी गरि सेवा सुचारु गर्न समेत भनेको छ ।

संघले सेवा सुचारु गर्नका लागि शारिरिक असक्त र वृद्धवृद्धा बाहेकका अन्य सबै ग्राहकहरुलाई डिजिटल भुक्तानीमार्फत सेवा शुल्क तिर्न भनेको हो ।

इन्टरनेट सेवा प्रदायकहरुको संस्थाले सम्पूर्ण इन्टरनेट सेवा प्रदायक कम्पनीहरु डिजिटल भुक्तानी माध्यममा जोडिएको भन्दै डिजिटल भुक्तानीका माध्यमबाट इन्टरनेट सेवाको समयमै भुक्तानी गरि सेवा सुचारु गर्न भनेको हो ।

आइस्पानले हालै दूरसंचार प्राधिकरणका अध्यक्षलाई सम्बोधन गर्दै पठाएको पत्रमा लेखिएको छ, ‘प्राधिकरणबाट जारी सूचनालाई यस संस्थाले आत्मसाथ गर्दै यस संस्थासँग आबद्ध सेवा प्रदायकहरुले शारिरिक हिसाबले पूर्णरुपमा अशक्त, घरमा कुनै सहयोगी नभएका वृद्ध घरायसी ग्राहकहरुका हकमा हामी सेवा प्रदायकहरुले उक्त सूचनामा उल्लेख भए सरह नै बिना भुक्तानी सेवाको निरन्तरता गरिरहेको कुरा पनि अवगत गराउन चाहन्छौं ।’

ग्राहकहरुबाट नियमितरुपमा सेवाको भुक्तानी उठ्न नसकेको र अर्कोतर्फ अन्य कम्पनीहरुलाई समयमै भुक्तानी तिरिसक्नुपर्ने बाध्यात्मक अवस्था आएको बताएको छ । त्यसैगरि लकडाउनको समयमा इन्टरनेटको खपत अत्यधिक बढेको अवस्थामा सो को आर्थिक भार पनि सेवा प्रदायकहरुमा पर्न गएको दाबी गरिएको छ ।

कम्पनीहरुले आफ्ना कर्मचारीहरुको मासिक भुक्तानी दिन समेत समस्या भएको भन्दै सबैलाई डिजिटल भुक्तानीबाट रकम तिर्न भनेको हो ।

संघले डिजिटल भुक्तानी नभएको खण्डमा के हुन्छ भनेर स्पष्ट जानकारी भने दिएको छैन् । सेवा अबरुद्ध हुने बारेमा कुनै स्पष्ट उल्लेख नगरेपनि भुक्तानी नभएको खण्डमा सेवा निरन्तर नहुने वा काटि्ने विषयलाई घुमाउरो किसिमले ग्राहकहरुलाई सचेत गराएको छ ।

‘हामी सम्पूर्ण सेवा प्रदायकहरु डिजिटल भुक्तानीका माध्यमबाट पहलिे देखि नै जोडीसकिएका हुँदा माथि उल्लेखित शारिरिक हिसाबले पूर्णरुपमा अशक्त, घरमा कुनै सहयोगी नभएका वृद्ध, घरायसी ग्राहकहरुका हकमा बाहेक अन्य ग्राहकवर्गज्यूहरुलाई डिजिटल भुक्तानीका माध्यमबाट इन्टरनेट सेवाको समयमै भुक्तानी गरि सेवा सुचारु गर्न अनुरोध गर्दछौं,’ प्राधिकरणलाई लेखिएको पत्रमा भनिएको छ ।

प्रकाशित: ७ बैशाख २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार