सूर्या लाइफ इन्स्योरेन्सद्धारा कोरोनाभाइरस सरकारी कोषमा ७ लाख ५० हजार रुपैयाँ सहयोग

  • Technology Khabar | ६ बैशाख २०७७, शनिबार
सूर्या लाइफ इन्स्योरेन्सद्धारा कोरोनाभाइरस सरकारी कोषमा ७ लाख ५० हजार रुपैयाँ सहयोग

काठमाडौं ।

नेपाल सरकारले महामारीलाई नियन्त्रण, जोखिम न्यूनिकरण तथा उपचारका लागि स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आर्थिक तथा जिन्सी सहयोग गरेर यस महामारीबाट मुक्त हुन हातेमालो गरिरहेका छन् ।

यसै कडिमा सहयोगको निरन्तरतालाई जोडदैै यस सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले समेत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महामारी नियन्त्रणको साथै उपचारका लागि देशब्यापी अभियानमा सहयोग पुर्याउने उद्देश्यले उक्त कोषमा आर्थिक सहयोग स्वरुप रु.७,५०,०००।– उपलब्ध गराएको जानकारी दिएको छ ।

सम्पूर्ण देशवासीको सुरक्षार्थ कोरोना भइरसको संक्रमण फैलिन नदिन र संक्रमितको उपचारमा नेपाल सरकारबाट भैरहेको प्रयासमा तोकिएको लकडाउन अवधिमा आ–आफ्नो घरमै बसी धैर्यता तथा संयमता प्रस्तुत गरी संक्रमण नियन्त्रण तथा जोखिम न्यूनिकरणमा आ–आफ्नो दायित्व महशुस गरी देशब्यापी अभियानमा साथ दिन हाम्रा सम्पूर्ण ग्राहक, अभिकर्ता, बीमित तथा सर्वसाधारणमा हार्दिक अपिल समेत कम्पनीले गरेकोछ ।

प्रकाशित: ६ बैशाख २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...