
काठमाडौं ।
दक्षिण कोरियाली कम्पनी सामसङले अमेरिकी सेमिकण्डक्टर फर्म जिलिङ्गसको चीपहरु ५जी नेटवर्कको लागि प्रयोग गर्ने भएको छ ।
अमेरिकी कम्पनीले हालै सामसङ इलेक्ट्रोनिक्स कम्पनी लिमिटेडसँग डिल भएको र उसको ५जी नेटवकिङ्ग उपकरणहरुको लागि चीप आपूर्ति गर्ने जानकारी दिएको छ । सो डिल कति मूल्यमा भयो भन्ने जानकारी छैन् ।
जिलिङ्गस (Xilinx Inc) ले प्रोग्रामेबल चीप्स बनाउने गर्दछ जून टेलिकम्यूनिकेसनको उपकरणहरुमा प्रयोग हुने गर्दछ । यो एरिक्सन, नोकिया र ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेडले बनाउने बेस स्टेशनहरुमा प्रयोग हुने गर्दछ । तर हाल अमेरिकी प्रतिबन्धका कारण कम्पनीले ह्वावेलाई आफ्नो सामाग्रीहरु आपूर्ति गर्दैन् ।
सामसङ विशेषगरि उपभोक्तासँग सम्बन्धि उपकरणहरु जस्तै मोबाइल फोन, टेलिभिजन, रेफ्रिजेरेटर निर्माणको लागि परिचित छ । कम्पनीले नेटवर्क उपकरण उद्योगमा आफ्नो व्यवसाय निर्माण र बिस्तार गर्ने प्रयास गरिएको छ । जसअन्तरगत कम्पनीले कोरियामा रोलआउट गरिएका कयौं ५जी नेटवर्कहरुलाई सहयोग प्रदान गरिरहेको छ ।
सामसङले जिलिङ्गसको ‘भर्सल’ कम्प्यूटिङ्ग चीपहरु प्रयोग गर्नेछ ,जून बिमफर्मिङ्ग टेक्नोलोजीका साथमा प्रयोग हुनेछ, जसले ५जी गियरलाई पुरानो पुस्ताको नेटवर्कहरुको भन्दा अधिक वायरलेस डाटा मिलाउन सहयोग पुर्याउँछ । एजेन्सी
प्रकाशित: ५ बैशाख २०७७, शुक्रबार