
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले कोरोनाभाइरस कोभिड १९ को संक्रमण फैलनबाट रोक्न दूरसञ्चार कम्पनीहरुमार्फत शुरु गरेको अभियानमा सहयोग गर्न अनुरोध गरेको छ ।
प्राधिकरणले हालै विज्ञप्ति जारी गरेर प्रयोगकर्ताहरुको स्वास्थ्यसँग सम्बन्धित केही प्रश्नहरु वा सो संग सम्बन्धि एसएमएसहरुमार्फत जानकारी दिन भनेको छ ।
हाल नेपाल टेलिकम र एनसेल प्रालिले सर्टकोडको प्रयोग गरेर जानकारी संकलन गरिरहेका छन भने स्मार्ट टेलिकमले एसएमएसमार्फत जानकारी सेवाग्राहीसँग लिईरहेका छन् ।
नेपाल टेलिकमको *१४१९# र एनसेलको *१७१००# शर्ट कोड डायल गरेर आफ्नो जानकारी सरकारलाई उपलब्ध गराउन सकिन्छ भने स्मार्ट टेलिकमले आफ्नो सेवाग्राहीहरुलाई पठाउने एसएमएसअनुसार निर्देशित कोड डायल गरेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउन सकिन्छ ।
यसरी कुनैपनि कोड डायल गरेर स्वास्थ्यसँग सम्बन्धित प्रश्नहरुको उत्तर पठाउँदा कुनै शुल्क नलाग्ने प्राधिकरणले जनाएको छ ।
प्रकाशित: ४ बैशाख २०७७, बिहीबार