एप्पलको नयाँ म्याजिक किबोर्ड आईप्याड प्रोको लागि उपलब्ध

  • Technology Khabar | ४ बैशाख २०७७, बिहीबार
एप्पलको नयाँ म्याजिक किबोर्ड आईप्याड प्रोको लागि उपलब्ध

काठमाडौं ।

एप्पलले बुधबार सार्वजनिक गरेको आईफोन एसईको साथमा नयाँ म्याजिक किबोर्ड पनि सार्वजनिक गरेको छ । सो म्याजिक किबोर्ड यसअघि गत महिना सार्वजनिक भएको नयाँ २०२० मोडलका आईप्याड प्रोको एक भागको रुपमा आएको छ ।

एप्पलको म्याजिक किबोर्ड ११ इन्चको आईप्याड प्रो र १२.९ इन्चको आईप्याड प्रोको लागि उपायोगी हुनेछ । यसमा यूनिक फ्लोटिङ्ग डिजाइन राखिएको छ भने साथमा एप्पल ट्याबलेट किबोर्डमा पहिलो पटक ट्र्याकप्याड पनि उपलब्ध छ ।

म्याजिक किबोर्डमा म्याग्नेटिक अट्याच गर्न सकिनेछ भने १३० डिग्रीको एंगलमा ट्याबलेट हेर्न सकिनेछ । फूलसाइज किबोर्डमा ब्याकलीट छ भने किबोर्ड अट्याच भएको वा बन्द भएको बेलामा आईप्याड प्रोको माइक स्वत डिस्कनेक्ट हुनेछ ।Magic Keyboardएप्पलको नयाँ म्याजिक किबोर्ड आगामी सातादेखि किन्न पाईनेछ भने यो ३० भन्दा बढि भाषाहरुमा सपोर्ट गर्नेछ ।

एप्पलले नयाँ म्याजिक किबोर्डको मूल्य ११ इन्चको लागि २९९ डलर तथा १२.९ इन्चको लागि ३४९ डलर तोकेको छ ।

प्रकाशित: ४ बैशाख २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार