Technology Khabar ३ बैशाख २०७७, बुधबार
काठमाडौं ।
एप्पलले आफ्नो बजेट आईफोनको रुपमा आईफोन एसई आज लन्च गरेको छ । यसअघि विभिन्न रिपोर्टहरुमा आज वा अर्को साता लन्च हुने चर्चाका बिच कम्पनीले अप्रिल १५ मा नै लन्च गरेको हो ।
यो आईफोन कम्पनीको अहिलेसम्मकै सबैभन्दा सस्तो र बजेट आईफोन हो ।
सन् २०१६ मा लन्च भएको आईफोन एसईको अपग्रेड भर्सनको रुपमा कम्पनीले यसलाई सार्वजनिक गरेको हो । आईफोन एसई कम्पनीले आफ्नो अनलाईनमा पनि लिस्टेड गरेको छ भने प्रेस विज्ञप्तिमार्फत लन्च गरेको जानकारी दिएको छ ।
यसअघि पनि कम्पनीले आईप्याड, म्याकबुक लगायतका डिभाइसहरु प्रेस विज्ञप्तिमार्फत मात्र लन्च गरेको थियो ।
कम्पनीले यसलाई मस्ट अफोर्डेबल र बेस्ट सिङ्गल क्यामरा सिस्टम आईफोनको रुपमा व्याख्या गरेको छ ।
‘नयाँ पुस्ताको आईफोन एसई उच्चतम विचारहरु र सुधारहरुको आधारमा तयार भएकोछ । जसमा उत्कृस्ट फोटोहरु र भिडियोहरुको लागि सिंगल क्यामरा सिस्टम समाबेश गरिएको छ। जबकी यो अझै सूपथ मूल्यमा उपलब्ध छ,’ एप्पलका वर्ल्डवाईड मार्केटिङ्गका सिनियर भाइस प्रेसिडेन्ट फिल शिलरले भने ।
आईफोन एसई अप्रिल २७ शुक्रबारदेखि प्रिअर्डरको लागि उपलब्ध हुनेछ भने अप्रिल २४ शुक्रबारदेखि अमेरिका र अन्य ४० देशका बजारमा किन्न पाईनेछ ।
बजेट आईफोन भनेर चिनिने र सबैभन्दा सस्तो मूल्यमा आएको आईफोन एसई यसअघिको आईफोन ८ को डिजाइनमा आएको छ । यसमा ४.७ इन्चको रेटिना एचडी डिस्प्लेका साथमा ट्रू टोन कलर छ जसले एचडीआर १० प्ले ब्याक सपोर्ट गर्दछ । यसमा वायरलेस चार्जिङ्गको लागि पछाडि ग्लास प्यानल राखिएकोछ ।
फोनमा होम बटन राखिएको छ र यसमा फिजिकल क्यापासिटिभ टच आईडी सेन्सर रहेको छ ।
त्यसैगरि यसमा एप्पलको आफ्नै ए१३ बायोचीप प्रयोग गरिएको छ । यो चीपसेट यसअघि कम्पनीले फ्ल्यागशिप आईफोन ११ सिरिजमा प्रयोग गरिसकेको छ । जसलाई कम्पनीले सबैभन्दा तिब्रगतिको प्रोसेसर भनेर दाबी गरेको छ ।

फोनमा वायरलेस चार्ज सपोर्ट रहेको छ भने फास्ट चार्जरबाट केबल ३० मिनेटमा ५० प्रतिशत चार्ज हुनेछ ।
यो नयाँ आईफोन एसई ६४ जीबी, १२८ जीबी र २५६ जीबी स्टोरेज अप्सनमा उपलब्ध रहेकोछ ।
आईफोन एसईमा वाईफाई ६ तथा गीगाबाइट एलटिई लाइट्निङ्ग छ भने ईसिमका साथमा ड्यूल सिम सपोर्ट राखिएको छ ।
एप्पलले यसमा १२ मेगापिक्सेल भएको सिंगल क्यामरा सिस्टम राखेको छ । जसमा पोट्रेट मोड, सिक्स पोट्रेट लाइटिङ्ग इफेक्टस र डेप्थ कन्ट्रोल फीचर राखेको छ । रियर क्यामराले ४के भिडियो खिच्न सक्दछ ।
आईफोन एसई ब्ल्याक, ह्वाईट र प्रडक्ट रेड कलर अप्सनमा उपलब्ध हुनेछ ।
यो फोनको शुरुवाती मूल्य ३९९ डलरबाट शुरु भएको छ भने १२८ जीबी स्टोरेजको मूल्य ४४९ डलर तथा २५६जीबीको मूल्य ५४९ डलर राखिएको छ ।
प्रकाशित: ३ बैशाख २०७७, बुधबार