Technology Khabar ३ बैशाख २०७७, बुधबार
काठमाडौं ।
चर्चित अनलाइन गेम फोर्टनाईटको निर्माता कम्पनी इपिक गेम्सले आफ्नो नयाँ सिजनको फोर्टनाइटको सार्वजनिकीकरणमा ढिलाई गर्ने भएको छ ।
फोर्टनाइटको च्याप्टर २ सिजन ३ गेम आगामी २ सातामा लन्च गर्ने तयारी भएको भएपनि हाल कम्पनीले त्यसलाई थप समयपछि मात्र लन्च गर्ने बताएको छ ।
फोर्टनाईट विश्वको प्रमुख भिडियो गेम्स मध्येमा पर्दछ । यसले करोडौं गेमरहरु र दर्शकहरुलाई आकर्षित गरिरहेकोछ ।
इपिक गेम्सले लन्च मितीमा ढिलाई हुनुको कारण के हो भन्ने उल्लेख गरेको छैन् नत कम्पनीले डेभलपरहरुलाई कोरोनाभाइरसको महामारीले गर्दा वर्क फ्रम होम गर्नुपरेको भनेर भनेको पनि छैन् ।
फोर्टनाईटको सिजन सार्वजनिक मिती सारिएको यो पहिलो घट्ना हो ।
प्रत्येक सिजनलले अपडेटहरु र केहि परिवर्तन ल्याउने गर्दछ भने यसले गेममा प्लेयरहरुलाई सक्रिय बनाउन सहयोग गर्दछ । अन्य ब्याटल रोयल गेम्सको जस्तै फोर्टनाईटको लक्ष्य पनि अन्तिम प्लेयर बाँच्नु हो, तर जे भएता पनि यसमा प्लेयरहरुले टिमको रुपमा सहभागी भएर खेल्नेछन् ।
फोर्टनाईट टिमले हालै एक ब्लग पोस्टमा सिजन ३ मा ढिलाई हुने जानकारी दिएको छ भने हालकै सिजनमा नयाँ फीचरहरु थप गरिने उल्लेख गरेको छ । एजेन्सी
प्रकाशित: ३ बैशाख २०७७, बुधबार