भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटक गूगल प्ले स्टोरमा मात्रै १ अर्ब पटक डाउनलोड

Technology Khabar २ बैशाख २०७७, मंगलवार

काठमाडौं ।

भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकको डाउनलोड एन्ड्रोयडमा मात्र १ अर्ब नाघेको छ । यसअघि एन्ड्रोयड र आईओएस दुबैमा गरेर भिडियो एपको डाउनलोड गत फरबरीमा १ अर्ब पुगेको थियो ।

नेपालमा पनि निकै लोकप्रिय रहेको टिकटक अहिले भने गूगल प्ले स्टोरमा मात्रै १ अर्ब डाउनलोड भएको हो ।

कोरोनाभाइरसका कारण पछिल्लो दिनमा टिकटकको प्रयोग निकै बढेको छ । जसले गर्दा यसको डाउनलोड पनि दिनप्रतिदिन बढिरहेको छ ।

गूगल प्ले स्टोरको डाटा आएपनि एप्पलको एप स्टोरमा कति डाउनलोड पुगेको छ भन्ने जानकारी बाहिर आएको छैन् । तर हाल इन्टरटेनमेन्ट एप्सको सूचीमा टिकटक चौथो स्थानमा रहेको छ ।

टिकटकले यसअघि ह्वाट्सएप र फेसबुकको डाउनलोडलाई पनि पछि पार्दै विश्वभर सबैभन्दा धेरै डाउनलोड हुने एप भएको थियो ।

टिकटकका सबैभन्दा धेरै प्रयोगकर्ताहरु भारतमा रहेका छन जहाँ कुल डाउनलोडको २९.५ प्रतिशत डाउनलोड गएको मार्चमा भएको थियो ।

यसअघि आएको एप एन्नीको रिपोर्टअनुसार पनि भारतमा भएको लकडाउनपछि सबैभन्दा धेरै डाउनलोड हुने मिडिया एप टिकटक भएको थियो ।

टिकटकले विश्वभर लकडाउनका कारण इन्टरनेट ब्याण्डविथमा दबाब कमगर्न भिडियो कन्टेन्टको क्वालिटी कम गरेको थियो । जसले गर्दा हाल टिकटकमा सबै भिडियोहरु एसडी फम्र्याटमा मात्र हेर्न पाईन्छ ।

प्रकाशित: २ बैशाख २०७७, मंगलवार

तपाइको प्रतिक्रिया