Technology Khabar १ बैशाख २०७७, सोमबार
काठमाडौं ।
कोरोनाभाइरसका कारण अधिकांश मानिसहरु घरबाट नै काम गरिरहेका छन भने विद्यार्थीहरुले पनि घरबाट अनलाइन कोर्षहरु गरिरहेका छन् । यस्तो बेलामा पर्सनल कम्प्यूटरको माग पनि वृद्धि भईरहेको छ ।
हालै आएको क्यानालिसको रिपोर्टअनुसार २०२० को पहिलो त्रैमासमा पर्सनल कम्प्यूटरको माग वृद्धि भएको भएपनि आपूर्तिमा भने कमी देखिएको छ ।
बजार अनुसन्धान रिपोर्टकाअनुसार पहिलो त्रैमासमा कोभिड १९ ले गर्दा आपूर्चि श्रृंखलामा समस्या आउँदा शिपमेन्टमा ८ प्रतिशतको कमी आएको हो । अनुसन्धान संस्थाकाअनुसार अहिलेको ८ प्रतिशतको कमी सन्२०१६ पछिको सबैभन्दा खराब कमी हो । त्यस वर्ष १२ प्रतिशतले शिपमेन्ट घटेको थियो ।
क्यानालिस रिसर्चका डाइरेक्टर रशाब डोशीकाअनुसार विश्वव्यापी कोभिड १९ महामारीले साँच्चिकैमा पिसी उद्योगको विकासमा सहयोग गरिरहेको छ, तर जे भएता पनि पिसी उत्पादकहरुले इन्टेल प्रोसेसरको आपूर्तिमा अवरोध पाएका थिए ।
अनुसन्धान संस्थाका अनुसार पहिलो त्रैमासमा मागमा वृद्धि भएको भएपनि आगामी त्रैमासिकमा भने यस्तो हुनेछैन् । संस्थाका अनुसार केहि कम्पनीहरुले पिसी टेक्नोलोजीमा लगानी गर्नेछ र कम्पनीहरुले नयाँ उपकरणहरु खरिद गर्नका लागि समेत लगानी गर्नेछन तर त्यसबेलासम्म विश्वव्यापी मन्दी शुरु हुनेछ जसले कम्पनीहरु दिवालिया हुनेछन् ।
क्यानालिसकाअनुसार पहिलो त्रैमासमा सबैभन्दा धेरै आपूर्ति गर्ने कम्पनीमा लेनोभो रहेको छ जसको बजार हिस्सा २३.९ प्रतिशत रहेको छ ।लेनोभोले १ करोड २८ लाख भन्दा बढि पर्सनल कम्प्यूटरहरु बिक्री गरेको थियो ।
दोस्रो स्थानमा एचपी रहेको छ जसले १ करोड १७ लाख पिसीहरु शिपमेन्ट गर्दै २१.८ प्रतिशत बजार लिएको छ ।
तेस्रो स्थानमा १९.६ प्रतिशतसहित डेल रहेको छ जसले १ करोड ४ लाख भन्दा बढि कम्प्यूटरहरु बिक्री गरेको थियो । चौथो स्थानमा एप्पल ६ प्रतिशत बजार हिस्सा सहित छ भने पाचौं कम्पनीमा एसर रहेको छ जसको बजार हिस्सा ५.८ प्रतिशत रहेको छ ।
यसबाहेक अन्य ब्राण्डहरुको बजार करिब २२.९ प्रतिशत रहेको अनुसन्धान संस्थाले जानकारी दिएको छ ।
तथ्यांकअनुसार सबै ब्राण्डहरुको शिपमेन्टमा पहिलो त्रैमासमा कमी आएको देखिएको छ । जसमध्ये सबैभन्दा धेरै बजार गूमाउनेमा एप्पल रहेको छ । कम्पनीको बिक्रीमा २१ प्रतिशतको कमी देखिएको छ । एजेन्सी
प्रकाशित: १ बैशाख २०७७, सोमबार