
काठमाडौं ।
कोरोनाभाइरसको महामारीले ईमोजीलाई पनि प्रभावित पारेको छ । जसले गर्दा यो वर्ष कुनैपनि नयाँ ईमोजीहरु नआउने भएको छ ।
ईमोजीको स्ट्याण्डर्ड हेर्ने गैर नाफामुलक संस्था यूनिकोड कन्सोर्टियम नयाँ ईमोजोी ल्याउनको लागि जिम्मेबार रहन्छ । सो संस्थाले नयाँ ईमोजीहरुको लागि हाल ढिलाई गरिएको जानकारी दिएको छ।
यूनिकोड कन्सोर्टियमले मार्चदेखि सेप्टेम्बर २०२१ सम्म कोरोनाभाइरसको प्रभावले गर्दा नयाँ ब्याचको ईमोजीहरुको लागि ढिलाई गरेको बताएको छ ।
‘ईमोजीहरु सेप्टेम्बरमा विश्वभर लन्च हुनुभन्दा पहिले सामान्यतया जनवरीमा प्रमाणित हुन्छन्,’ कन्सोर्टियमले भनेको छ । यसको अर्थ सन् २०२१ मा आईफोन र एन्ड्रोयड यूजर्सले कुनैपनि नयाँ ईमोजी हेर्न पाउने छैनन् ।
तर यसले अहिलेको नयाँ ईमोजी रिलिजलाई भने कुनै असर पर्नेछैन् । गएको जनवरीमा नै यो वर्षको लागि नयाँ ईमोजीहरु लन्च गर्ने घोषणा गरिएको थियो ।
नयाँ सेट यूनिकोडको १३.० स्ट्याण्डर्ड अन्तरगत रहेको छ, जसमा ११७ नयाँ एनिमेडेड क्यारेक्टरहरु छन् । एजेन्सी
प्रकाशित: १ बैशाख २०७७, सोमबार