भीभो नेपालले स्मार्टफोनको वारेन्टी अवधि थप गर्यो, नयाँ प्रडक्ट लन्च नगरिने

  • Technology Khabar | २८ चैत्र २०७६, शुक्रबार
भीभो नेपालले स्मार्टफोनको वारेन्टी अवधि थप गर्यो, नयाँ प्रडक्ट लन्च नगरिने
फाइल फोटो

काठमाडौं ।

स्मार्टफोन ब्राण्ड भीभोले नेपाली बजारमा आफ्ना डिभाइसहरुको वारेन्टी अवधि थप गरेको छ । कम्पनीले कोभिड १९ महामारीले देशभर लकडाउन भएपछि कम्पनीले आफ्ना सम्पूर्ण सर्भिस सेन्टरहरु बन्द गरेको जानकारी दिएको छ ।

सर्भिस सेन्टर बन्द भएसँगै कम्पनीले आफ्ना स्मार्टफोनहरुको वारेन्टी अवधि थप गरेको हो । कम्पनीकाअनुसार आगामी मार्च २२ भित्र सकिने सम्पूर्ण डिभाइसहरुका वारेन्टी अब मे २३ तारिखसम्म थप गरिएको छ ।

‘यो विषम परिस्थितीमा हामी हाम्रो प्रतिबद्धता प्रति अडिग छौं र कोभिड १९ आउटब्रेकको बचिमा हाम्रा महत्वपूर्ण ग्राहकहरुलाई यो वारेन्टी थप गरेका छौं,’ कम्पनीका महाप्रबन्धक मार्सले भने ।

यसका साथै कम्पनीले आफ्नो सम्पूर्ण अफलाइन गतिबिधिहरु र नयाँ उत्पादन लन्च गर्ने योजना समेत स्थगित गरेको जानकारी दिएको छ ।

प्रकाशित: २८ चैत्र २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार