सामसङको पहिलो त्रैमासिकमा नाफा तीन प्रतिशतले बढ्ने

  • Technology Khabar | २६ चैत्र २०७६, बुधबार
सामसङको पहिलो त्रैमासिकमा नाफा तीन प्रतिशतले बढ्ने

काठमाडौं ।

दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले सन् २०२० को पहिलो त्रैमासिकमा आफ्नो नाफा तीन प्रतिशतले बढ्ने अनुमान गरेको छ।

विश्वको ठूलो स्मार्टफोन निर्माता कम्पनीले वर्षको पहिलो त्रैमासमा सञ्चालन नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा तीन प्रतिशतले बढ्ने अनुमान गरेको हो । सो अवधिमा सञ्चालन नाफा पाँच अर्ब २० करोड डलर पुग्ने सामसङको अनुमान छ ।

विश्वभर कोरोनाभाइरसको महामारीका बिचमा कम्पनीले अपेक्षित नाफा हासिल गर्ने बताएको हो ।

सामसङले यो अवधिमा आफ्नो व्यापार पनि पाँच प्रतिशत बढेर ४५ अर्ब डलरमा पुग्ने अनुमान गरेको छ । स्मार्टफोन र टिभीहरुको माग घटिरहेपनि कम्पनीको चीपको माग बढिरहेको छ । कम्पनी सेमिकण्डकर निर्माताको रुपमा पनि विश्वकै प्रमुख कम्पनी हो ।

यसका साथै लकडाउनको घोषणाले विश्वभर धेरै मानिसहरु घरबाटै काम गरिरहेका छन्, जसले गर्दा कम्पनीको क्लाउड डाटा सर्विसको प्रयोग र माग पनि बढाएको छ ।

सामसङले आफ्ना कोरिया भियतनाम भारतलगायतका देशमा रहेका कारखाना बन्द गर्ने निर्णय गरेको छ। कोभिड-१९ ले गर्दा कम्पनीले यसअघि नै आफ्नो मोबाइल फोन र कन्जुमर इलेक्ट्रोनिक्स बजारमा असर पर्ने बताईसकेको छ, जून कम्पनीको कुल आम्दानीको करिब ४७ प्रतिशत हो। यसले आगामी दिनमा भने कम्पनीलाई कुल आम्दानीमा समस्यामा पर्न सक्ने अनुमान गरिएको छ । एजेन्सी

प्रकाशित: २६ चैत्र २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...