Technology Khabar २५ चैत्र २०७६, मंगलवार
काठमाडौं ।
लकडाउनमा घरभित्रै बस्न बाध्य भएका नेपालीहरुलाई प्रभु टिभीले लकडाउन अफर अन्तरगत एक महिनासम्म मोबाइलमा निशुल्क टिभी हेराउने भएको छ ।
एनसेल सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि प्रभु टिभीले एकमहिनासम्म निशुल्क सेवा दिने भएको हो । त्यसका लागि एनसेल सिमकार्ड प्रयोगकर्ताहरुले प्रभु टिभीको वालेटमा गएर प्रभु टिभी एप डाउनलोड गर्नु पर्नेछ । प्रभु टिभी मोवाइल एप डाउनलोर्ड गरेपछि एकमहिनासम्म सबै च्यानलहरु निशुल्क हेर्न सकिने प्रभु टिभीले जनाएको छ ।
लकडाउनका समयमा निरन्तर घरभित्रै बस्दा दिक्दार भएको अबस्थामा यो अफरले धेरै नेपालीहरुलाई मनोरंजन तथा समाचारका लागि सहयोगी भूमिका खेल्ने कम्पनीको विश्वास छ ।
सो एपमा नेपाली च्यानलहरु सहित विश्वभरका सबै किसिमका १ सय ५० वटा च्यानलहरु एचडी क्वालिटीमा हेर्न सकिने कम्पनीले जनाएको छ ।
प्रकाशित: २५ चैत्र २०७६, मंगलवार