भारतको फुड डेलिभरी स्टार्टअप स्वीगीले ४३ मिलियन डलर लगानी थप्यो

Technology Khabar २५ चैत्र २०७६, मंगलवार

काठमाडौं ।

भारतीय फुड डेलिभरी स्टार्टअप स्वीगीले आफ्ना नयाँँ व्यवसाय बिस्तार गर्न थप ४३ मिलियन डलर उठाएको छ ।

सो लगानीमा अहिलेको लगानीकर्ता टेनसेन्ट र नयाँ पार्टनरहरु आर्क इम्प्याक्ट, कोरिया इनभेस्टमेन्ट पार्टनर्स, सामसंग भेन्चर्स र मिरेई एसेट क्यापिटल माकेट्सले थप लगानी गरेका हुन् ।

गएको फरबरीमा बैंगलोरमा आधारित कम्पनीले लगानीकर्ताहरुबाट ११३ मिलियन डलर लगानी जुटाएको थियो ।

नयाँ चरणमा पाँच वर्ष पुरानो स्टार्टअप कम्पनीले अहिलेसम्म १.४२ बिलियन डलर उठाईसकेको छ । जसले कम्पनीलाई ३.६ बिलियन डलर भ्यालू कायम गराएको टेकक्रन्चको रिपोर्टमा उल्लेख छ। टेनसेन्टले अहिलेको चरणमा थप लगानी १९ मिलियन डलर गरेको छ ।

पछिल्लो दिनमा भारतका सवा अर्ब जनता लकडाउनमा भएको बेलामा सो लगानीको निर्णय भएको छ । लकडाउनले गर्दा भारतमा अन्य व्यवसायका साथै फुड डेलिभरी पनि समस्यामा पर्दै आएको छ । फुड डेलिभरी रोकिएसँगै कम्पनीले अहिले ग्रोसरी डेलिभरी गर्न शुरु गरेको छ ।

प्रकाशित: २५ चैत्र २०७६, मंगलवार

तपाइको प्रतिक्रिया