कोरोनाभाइरस विरुद्ध लड्न टेक कम्पनी एप्पल फेस मास्कपछि फेस सिल्ड बनाउँदै

Technology Khabar २४ चैत्र २०७६, सोमबार

काठमाडौं ।

एप्पलका सिईओ टिम कुकले आफ्नो कम्पनीले स्वास्थ्यकर्मीहरुलाई सहयोग गरिरहेको जानकारी दिएका छन् । यसअघि कम्पनीमार्फत विश्वभर २ करोड फेस मास्क उपलब्ध गराएका कुकले अहिले भने स्वास्थ्यकर्मीहरुलाई फेस सिल्ड उपलब्ध गराउन लागेका छन् ।

उनले आफ्नो ट्विटर एकाउन्टबाट फेस मास्क सहयोगपछि कम्पनीले फेस सिल्ड बनाउन लागेको जानकारी दिएका हुन् ।

यसअघि कुकले १ करोड फेस मास्क सहयोग गर्ने बताएपनि त्यो संख्या दोब्बर हुँदै २ करोड फेस मास्क सहयोग गरेका छन् । यी मास्कहरु एप्पलको सप्लाई चेनबाट नै तयार पारिएका थिए ।

त्यसैगरि अहिले भने कुकले फेस सिल्ड बनाउन थालिएको जानकारी दिएका छन् । कोरोनाभाइरसबाट बच्न आवश्यक प्रोटेक्टिभ पर्सनल इक्वूपमेन्टमा प्रयोग हुने सो फेस सिल्डले संक्रमणमा स्वास्थ्यकर्मीहरुको जोखिम न्यून गर्दछ ।

एप्पलले आगामी साताभित्रै १० लाख फेस सिल्ड बनाउने र त्यो सबैभन्दा पहिले अमेरिकाको सान्ताक्लारा भ्यालीमा रहेको अस्पताललाई उपलब्ध गराउने बताएको छ ।

यसबाहेक कुकले विश्वभरका सरकारहरुलाई समेत फेस मास्क र फेस सिल्ड उपलब्ध गराउने बताएका छन् ।

प्रकाशित: २४ चैत्र २०७६, सोमबार

तपाइको प्रतिक्रिया