टिडीओ नेपालको अनलाइन मोबाइल हेल्थ सेवा, नेपालफाइट्स डटकम मार्फत निशुल्क परामर्श पाईने

Technology Khabar २४ चैत्र २०७६, सोमबार

काठमाडौं ।

लकडाउनले करिब २ सातादेखि नेपालमा जनजीवन प्रभावित गरेको छ । उद्योग, कल कारखाना, कार्यलयहरु बन्द छन् । देशको प्राय स्थानमा अस्पताल र डाक्टरहरुको ओपिडी पनि बन्द छन् ।

तसर्थ, नियमित चेक जाँच वा जिज्ञासाहरुको लागि डाक्टरहरुको पहुँच उपलब्ध छैन । त्यसैले चिकित्सकिय हिसाबले सही जानकारी प्रदान गर्ने सेवालाई सहायता प्रदान गर्न र नेपालको आम जनतालाई टेलीमेडिसिन परामर्श प्रदान गर्न, टिडीओ नेपाल, नेपालको लागि एउटा अनलाइन मोबाइल हेल्थ सेवाले एउटा समर्पित वेभ पोर्टल सुरु गरेको छ जुन डेस्कटप, ट्याब्लेट र मोबाइलमा पनि प्रयोग गर्न सकिन्छ ।

टिडीओ नेपालको अनलाइन www.nepalfightscorona.com मार्फत प्रयोगकर्ताहरु जोसँग ज्वरो, रुघा, खोकी र कोभिड-१९ सम्बन्धी कुनै भाइरल लक्षणहरु सम्बन्धी प्रश्न र जिज्ञासा छ भने यो सेवाले निशुल्क परामर्श र निर्देशन प्रदान गर्छ । यति मात्र नभएर यो सेवाले एउटा च्याटबोट आधारित लक्षण जाँच्ने प्रणाली आफ्नो प्रयोगकर्ताहरुको लागि सक्षम गरेको छ जुन उनीहरुले कोभिड-१९ को सम्भाव्यता जाँच गर्न प्रयोग गर्न सक्ने बताईएको छ ।

कम्पनीकाअनुसार प्रयोगकर्ताले आवश्यक जानकारी जस्तै हेल्पलाइन नम्बरहरु, सम्पर्क नम्बर र कोभिड-१९ को लागि परिक्षण केन्द्रहरुको ठेगाना साथै कोभिड-१९ बारे सामान्यता बारम्बार सोधिने प्रश्नहरु र तिनीहरुको उत्तरहरु प्राप्त गर्न सक्छन् ।

यसरी सेवा प्रयोग गर्नुस्-

  • सबैभन्दा पहिले www.nepalfightscorona.com खोल्नुहोस् ।
  • लक्षण जाँचकर्ता रोज्नुहोस् र प्रश्नहरुको जवाफ दिनुहोस् ताकी तपाईंले कोभिड(१९ परिक्षणको लागि अस्पताल जानुपर्छ कि पर्दैन भनेर थाहा पाउन सक्नुहुन्छ( च्याटबोट आधारित प्रश्न र उत्तर उपकरण जुन डब्लुएचओ र स्वास्थ्य मन्त्रालयहरुले प्रकाशन गरेको निर्देशिकाहरु अनुरुप निर्माण गरिएको छ।
  • निशुल्क परामर्शको लागि – च्याट विजेटमा क्लिक गर्नुहोस् र टिडीओ डाक्टरहरु बाट टेलिफोन परामर्शको लागि अपोइन्टमेन्ट पाउनुहोस् ।
  • अन्य सेवाहरुमा कोभिड-१९ बारे बारम्बार सोधिने प्रश्नहरु, परिक्षण केन्द्रहरुको सुची र हेल्पलाइन नम्बरहरु छन् ।

टिडीओ नेपालले गत हप्ता मात्रै रुघा, खोकी, ज्वरो र कोभिड-१९ सम्बन्धित विषयमा मात्रै ३००० बिरामीहरुको जिज्ञासा समाधान गरेको छ।

सो अनलाइनमार्फत कम्पनीले बिहान ६ बजे देखि राती १२ बजेसम्म हाम्रो प्रयोगकर्ताहरुलाई प्रत्येक दिन अनलाइनरअन कल सहायता प्रदान गरिरहेको जनाएको छ ।

प्रकाशित: २४ चैत्र २०७६, सोमबार

तपाइको प्रतिक्रिया