भिडियो कन्फ्रेन्सको लागि माइक्रोसफ्ट स्काइपमा मिट नाउ फीचर, बजारमा जूमलाई टक्कर दिने

  • Technology Khabar | २३ चैत्र २०७६, आईतवार

काठमाडौं ।

माइक्रोसफ्टको भिडियो कन्फ्रेन्सिङ्ग एप स्काइपले हालै नयाँ फंगसन स्काइप मिट लन्च गरेको छ । विश्वभर मानिसहरु लकडाउनको अवस्थामा क्वारन्टाइनमा रहेको बेला कम्पनीले स्काइपमा नै नयाँ फीचर ल्याएको हो ।

पछिल्लो दिनमा भिडियो कन्फ्रेन्सिङ्ग एप्सको माग विश्वभर उच्च रहेको छ । सोहि अवसर पारेर स्काइपले नयाँ फीचर ‘मिट नाउ(Meet Now)’ जोडेको हो ।

यसअघि नै भिडियो च्याटिङ्ग र मिटिङ्गको लागि प्रयोगमा रहेको र ठूलो प्रयोगकर्ता आधार रहेको स्काइपमा अब भने कम्पनीले भिडियो कन्फ्रेन्सिङ्गलाई प्राथमिकता दिने भएको छ । स्काइप मिटले अहिले अर्को भिडियो कन्फ्रेन्सिङ्ग एप जूमले गरेको जस्तै फीचरहरुका साथमा सेवा दिन लागेको हो । तर भिडियो कन्फ्रेन्सिङ्ग जूमलाई गोपनियता उलंघनको आरोपसँगै यो समस्यामा रहेको छ ।

स्काइप मिटमा भिडियो कन्फ्रेन्सिङ्ग अब कुनैपनि रजिस्ट्रेशन गर्नुपर्ने छैन् ।

यसलाई डाउनलोड गर्नुपनि पर्दैन भने सिधै प्रयोग गर्न सकिन्छ । तर तपाईँले यसको लागि स्काइप मिटको वेबसाइटमा जानुपर्ने हुन्छ ।Video-confrencing App

तर यदि तपाईँले स्काइप डाउनलोड गर्नुभएको छैन भने सो वेब एप्लिकेसनले नै खोलिदिनेछ । तर तपाईँसँग स्काइपको एकाउन्ट भने हुनैपर्नेछ । यो फंगसनको फाईदा भनेको तपाईँको साथीहरु कोहि स्काइपमा छैनन भनेपनि तपाईँले तिनिहरुलाई यसमा सहभागी गराउन सक्नुहुनेछ ।

स्काइप मिटमा तपाईँले कलहरुलाई रेकर्ड गर्न सक्नुहुन्छ भने ब्याकग्राउण्डलाई ब्लर गर्न, स्क्रीन शेयर समेतगर्न सक्नुहुनेछ ।

यो भिडियो कन्फ्रेन्सिङ्ग एपमार्फत तपाईँले अधिकतम ५० जनासँग एकैपटक कुरा गर्न सक्नुहुनेछ ।

प्रकाशित: २३ चैत्र २०७६, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार