
काठमाडौं ।
गुगल प्ले स्टोरमा, मालिसियस एप्स भेटिनु आजभोली सामान्य जस्तै भएको छ र प्रत्येक पटक यसको जोखिम बढि हुँदै गएको छ।
हालैको एक अनुसन्धानले पनि गूगलमा नयाँ मालिसियस एप्स भेटेको छ ।
हाल प्ले स्टोरमा पत्ता लागेका ती मालवेयरसहितका एपहरूलाई फोनबाट जतिसक्दो चाँडो हटाउने सल्लाह दिईएको छ ।
साइबर सेक्यूरिटी रिसर्च फर्म चेकपोइन्टका अनुसार टेक्या(Tekya) नामको नयाँ मालवेयर भेटिएको छ जसले प्ले स्टोरका ५६ वटा एप्सलाई प्रभावित पारेको छ ।
जानकारीका अनुसार त्यहाँ यी ५६ वटा एप्समध्ये २४ वटा एप्स बालबालिकाहरूको एप्स छन जसमा गेम्स रपजल छ । त्यसैगरि ३२ वटा एप्स यूटिलिटीमा अर्थात कुकिङ्ग र हेल्थसँग सम्बन्धित छन् ।
सबैभन्दा चिन्ताको विषय भनेको यी एप्स हालसम्म १० लाख पटक डाउनलोड गरिएको छ ।

अनुसन्धानबाट प्राप्त जानकारीकाअनुसार यी एपहरू डाउनलोड गर्न मालवेयर इन्स्टल हुनेछ र यसले तपाँईको डिभाइसलाई शिकार बनाउँदछ। यी एप्सहरु विज्ञापन धोखाधडी अर्थात विज्ञापन देखाएर फ्रड गर्ने उद्देश्यको लागी बनाईएको बताईएको छ ।
यी हुन ती मालवेयरसहितका एप्सहरु-
- —com.caracal.cooking
- —com.leo.letmego
- —com.caculator.biscuitent
- —com.pantanal.aquawar
- —com.pantanal.dressup
- —inferno.me.translator
- —translate.travel.map
- —travel.withu.translate
- —allday.a24h.translate
- —banz.stickman.runner.parkour
- —best.translate.tool
- —com.banzinc.littiefarm
- —com.bestcalculate.multifunction
- —com.folding.blocks.origami.mandala
- —com.goldencat.hillracing
- —com.hexa.puzzle.hexadom
- —com.ichinyan.fashion
- —com.maijor.cookingstar
- —com.major.zombie
- —com.mimochicho.fastdownloader
- —com.nyanrev.carstiny
- —com.pantanal.stickman.warrior
- —com.pdfreader.biscuit
- —com.splashio.mvm
- —com.yeyey.translate
- —leo.unblockcar.puzzle
- —mcmc.delicious.recipes
- —mcmc.delicious.recipes
- —multi.translate.threeinone
- —pro.infi.translator
- —rapid.snap.translate
- —smart.language.translate
- —sundaclouded.best.translate
- —biaz.jewel.block.puzzle2019
- —biaz.magic.cuble.blast.puzzle
- —biscuitent.imgdownloader
- —biscuitent.instant.translate
- —com.besttranslate.biscuit
- —com.inunyan.breaktower
- —com.leo.spaceship
- —com.michimocho.video.downloader
- —fortuneteller.tarotreading.horo
- —ket.titan.block.flip
- —mcmc.ebook.reader
- —swift.jungle.translate
- —com.leopardus.happycooking
- —com.mcmccalculator.free
- —com.tapsmore.challenge
- —com.yummily.healthy.recipes
- —com.hexamaster.anim
- —com.twmedia.downloader
- —com.caracal.burningman
- —com.caracal.burningman
- —com.cuvier.amazingkitchen
- —bis.wego.translate
- —caracal.raceinspace.astronaut
चेक पोइन्टका अनुसन्धानकर्ताहरूले यो पुष्टि गरेका छन् कि गुगलले प्ले स्टोरबाट ती एपहरुलाई हटाएको छ जुन मालिसियस थिए। यस बाहेक एप्सका डेभलपरहरूले पनि प्ले स्टोरबाट त्यस्ता गलत एप्स हटाएका छन्।
तर साइबर अपराधीहरुले कुनैपनि बेला अन्य मालवेयरका साथमा एप्सलाई प्लेस्टोरमा ल्याउन सक्ने बताईएको छ ।
अनुसन्धानकाअनुसार भाइरस टोटल र प्ले प्रोटेक्टले पनि ती मालवेयर टेक्यालाई पत्ता लगाउन सकेका थिएनन् ।
यदि तपाईँको स्मार्टफोनमा पनि यी एप्स छन भने तत्काल हटाउनुहोस् । एजेन्सीका साथ
प्रकाशित: २३ चैत्र २०७६, आईतवार