एप्पलले अमेरिकाका सबै रिटेल स्टोरहरु अब मे महिनासम्म बन्द गर्ने

  • Technology Khabar | २१ चैत्र २०७६, शुक्रबार
एप्पलले अमेरिकाका सबै रिटेल स्टोरहरु अब मे महिनासम्म बन्द गर्ने

काठमाडौं ।

कोरोनाभाइरसको महामारीका बिच एप्पपले अमेरिकामा रहेका आफ्ना सबै स्टोरहरु आगामी मे महिनासम्मका लागि बन्द गर्ने भएको छ ।

महामारीले अमेरिकामा थप समस्या सिर्जना गरेसँगै कम्पनीले सो निर्णय गरेको हो ।

कम्पनीका रिटेल प्रमुखकाअनुसार एप्पलले दैनिकरुपमा रिटेल स्टोर भएको स्थानिय अवस्थालाई नियालिरहेको छ । उनकाअनुसार स्टोर पुन खोल्ने विषयमा स्थानिय अधिकारीहरुले जारी गरेको गाईडलाइनहरुको आधारमा मात्र खोलिनेछ । तर अहिलेका लागि भने सबै स्टोरहरु मे महिनाको शुरुवातसम्मका लागि बन्द गरिएको छ ।

एप्पलको मुख्यालय रहेको एप्पल पार्कसहितका रिटेल स्टोर भने मे ३ तारिखसम्म बन्द गरिएको छ ।

कम्पनीले सो अबधिसम्म कर्मचारीहरुलाई घरबाट नै सुझाव दिनेगरि काम गर्न भनेको छ ।

यसअघि कम्पनीले अमेरिकाका केहि स्टोरहरु अप्रिल महिनामा खोल्ने योजना गरेको थियो । चीनभन्दा बाहिर एप्पलका सबै स्टोरहरु मार्च १४देखि बन्द छन् ।एजेन्सी

प्रकाशित: २१ चैत्र २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार