माइक्रोसफ्टले सन् २०२० भित्र डिजिटल इभेन्ट मात्र आयोजना गर्ने

  • Technology Khabar | २० चैत्र २०७६, बिहीबार

काठमाडौं ।

टेक कम्पनी माइक्रोसफ्टले कोभिड १९ महामारीका कारण आफ्ना सबै इभेन्टहरु स्थगित गरेको छ ।

कम्पनीले आधिकारीकरुपमा नै सम्पूर्ण आफ्ना इभेन्टहरु र रणनीतिको बारेमा जानकारी दिँदै त्यसमा संसोधन गरेको छ । माइक्रोसफ्टले सन् २०२० भित्र नयाा प्लेटर्फमहरुको अनुभव गराउने र डिजिटल फस्ट एक्सपेरियनस दिने बताएको छ ।

यसको अर्थ कम्पनीले यो वर्षका सबै कार्यक्रमहरु अनलाइनमार्फत गर्नेछ भने फिजिकल इभेन्ट आयोजना हुनेछैन् ।

माइक्रोसफ्टले यसअघि नै आफ्ना डेभलपर कन्फ्रेन्स, एमभीपी समिटलगायतका इभेन्टहरु स्थगित गरिसकेको छ । एजेन्सी

प्रकाशित: २० चैत्र २०७६, बिहीबार

तपाइको प्रतिक्रिया