दैनिक जीवनमा प्रयोग गरिरहेका प्रविधिहरु सिडीएमए, जीएसएम, एलटिई के हुन् ? बुझौं र जानौं

  • Technology Khabar | १८ चैत्र २०७६, मंगलवार
दैनिक जीवनमा प्रयोग गरिरहेका प्रविधिहरु सिडीएमए, जीएसएम, एलटिई के हुन् ? बुझौं र जानौं

काठमाडौं ।

विश्वभर टेक्नोलोजी र ग्याजेटसँग सम्बन्धित धेरै शब्दहरू प्रयोगमा रहेका छन्, जसबारे हामी बारे सचेत छैनौं।

बोल्दा र सुन्दा नै प्राविधिक लाग्ने यी शब्दहरु हामी आफ्नो दैनिक प्रयोगमा ल्याईरहेका हुन्छौं । अझ यी शब्दहरू धेरैजसो हामीले दैनिक प्रयोग गर्ने स्मार्टफोनलगायतका ग्याजेट्ससँग सम्बन्धित छन्।

यस्तो अवस्थामा हामी तपाईलाई यस्ता सँधै प्रयोग भईरहेका प्रविधि र प्राविधिक शब्दहरुको अर्थ बुझाउने प्रयास गरेका छौं।

सीडीएमए(CDMA)

कोड डिभिजन मल्टिपल एक्सेस(सीडीएमए) टेक्नोलोजी आधारभूत टेक्नोलोजी हो जुन अमेरिकामा अधिक प्रयोग गरिन्छ। सीडीएमए अन्य नेटवर्कहरूमा कम इन्टरफेस गर्दछ र यसमा एउटै फ्रिक्वेन्सी साझा गरिरहेका कयौं प्रयोगकर्ताहरू एकै समयमा कुरा गरिरहेका छन्। यसले अतिरिक्त सिग्नल नोइज कम गर्न अधिक उर्जा खपत गर्छ, जसले गर्दा ब्याट्री लाइफ घटाउँछ। सीडीएमए ह्यान्डसेट प्रायजसो एकटै क्यारियरमा मात्र लक हुन्छ र यसलाई ट्रान्सफर गर्न सकिँदैन।

नेपालमा पनि सिडीएमए  मोबाइल प्रयोगमा रहेको छ । तर सन् २०२२ पछि यसलाई फेजआउट गरिने योजना लिईएको छ ।

जीएसएम(GSM)

ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेशन (जीएसएम) यो एक डिजिटल मोबाइल टेलिफोन प्रणाली हो, जुन नेपालसहित विश्वका अधिकांश भागहरूमा प्रयोग गरिन्छ। सीडीएमए फोनहरू अनलक गर्न सकिन्छ र यसलाई एक क्यारियरबाट अर्कोमा क्यारियरमा हस्तान्तरण गर्न सकिन्छ। २जी सेलुलर नेटवर्क व्यवसायिक रूपमा जीएसएम मानकमा सुरू गरिएको हो र यसको अधिकतम ट्रांसफर स्पीड ५०किलोबीट प्रतिसेकेण्ड छ।

नेपालमा हाल २जी थ्रीजी र फोरजी सेलुलर नेटवर्क प्रयोगमा रहेको छ ।

एलटिई(LTE)

लङ्ग टर्म इभोलुसन(एलटिई) यो फोरजी ब्रोडब्याण्ड प्रविधि हो जसलाई थर्ड जेनेरेसन पार्टनरसिप प्रोजेक्टअन्तरगत विकास गरिएको थियो । फोरजी एलटिई मोबाइल फोन र डाटा टर्मिनलहरूको लागि उच्च गतिको डाटाको स्ट्याण्डर्ड वायरलेस कम्युनिकेशन हो। यसकव् अधिकतम डाउनलोड स्पीड २९९.६ मेगाबीट प्रति सेकेण्ड हो र अपलोड स्पीड ७५.४ मेगाबीट प्रति सेकेण्ड हो, जून मोबाइलको वर्गिकरणको आधारमा प्राप्त हुन्छ ।

हाल नेपालमा फोरजी प्रविधि सेवा एनसेलले उपलब्ध गराउँदै आएको छ भने ४जी एलटिई प्रविधिमा आधारित मोबाइल सेवा नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको छ ।

जीपीएस(GPS)

ग्लोबल पोजिसनिङ्ग सिस्टम(जीपीएस) सेवा एक उपग्रहमा आधारित सेवा हो जसले स्थान, स्थिति र अवस्थाका साथै मौसम लगायतको तत्कालिन जानकारी प्रदान गर्दछ। यो सुरक्षाको लागि पनि प्रयोग गरिन्छ। जब कुनै व्यक्ति समस्यामा पर्दछ, व्यक्तिको स्थान जीपीएसद्वारा पत्ता लगाउन सकिन्छ।

जीपीएस प्रविधि अहिले संसारभर विभिन्न डिभाइसहरुमा समेत प्रयोग हुने गरेको छ । तपाईँले प्रयोग गर्ने स्मार्टफोनमा पनि जीपीएस प्रविधि राखिएको हुनसक्छ।

एजेन्सीको साथमा

प्रकाशित: १८ चैत्र २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार