
काठमाडौं ।
भिडियो कन्फ्रेन्सिङ्ग एप जूमले आफ्नो आईओएस एपमा राखिएको फेसबुकलाई डाटा पठाउने कोड हटाएको छ । कम्पनीले हालै त्यस्तो कोड हटाउँदै आईओएस एप अपडेट गरेको हो।
यसअघि मदरबोर्डको एक रिपोर्टअनुसार जूमले सम्पूर्ण प्रयोगकर्ताहरुको डाटा फेसबुकलाई पठाउने गरेको थियो । जसमा फेसबुकमा एकाउन्ट नै नभएका व्यक्तिहरुको डाटा पनि फेसबुकमा पठाउँदै आएको थियो ।
सो डाटा पठाउने बारेमा भने एपको डाटा प्राइभेसी पोलिसीमा केहि उल्लेख गरिएको थिएन् ।
जूमका सिईओ एरिक एस यूआनले ब्लगपोस्टमार्फत कम्पनीले फेसबुकको सफ्टवेयर डेभलपमेन्ट किटमार्फत लगइन विथ फेसबुक फीचर प्रयोग गरिएको बताएका थिए । सो बारेमा कम्पनी जानकार भएको समेत उनले बताएका थिए । उनले डाटा संकलनको बारेमा प्रयोगकर्ताहरुसँग माथि समेत मागेका छन् ।
जूमले सो डाटा संकलनमा प्रयोगकर्ताको कुनै व्यक्तिगत विवरणहरु भने संकलन नगरिएको बताएको छ । एजेन्सी
प्रकाशित: १८ चैत्र २०७६, मंगलवार