यस्तो छ टेक कम्पनी गूगलले विश्वभरका स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिँदै बनाएको भिडियो

  • Technology Khabar | १७ चैत्र २०७६, सोमबार

काठमाडौं ।

टेक जायन्ट गूगलले विश्वभर कोरोनाभाइरसको संक्रमणबाट बचाउन, रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको कामलाई प्रोत्साहित गर्नेगरि नयाँ भिडियो जारी गरेको छ । कम्पनीले स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिँदै उनीहरुले गरिरहेको कामलाई सराहना गर्ने भिडियो निर्माण गरेको हो ।

विश्वभर सर्च इन्जिन गूगलमा ‘हाउ टू थ्यांक हेल्थकेयर वर्कर्स’ निकै सर्च भएको बारेमा ध्यान दिँदै कम्पनीले आइतवार थ्यांकयू भिडियो बनाएको हो ।

‘थ्यांक यू हेल्थकेयर वर्कर्स’ नामक यो भिडियोले मेडिकल व्यवसायीक व्यक्तिहरुले धेरैलाई बचाउन गरिएको आफ्नो त्यागको बारेमा देखाएको छ ।

एक मिनट लामो भिडियोमा आफ्नो सर्च इन्जिनमा खोजिएका विषयहरुलाई जोडेर निकै आकर्षक ढंगले स्वास्थ्यकर्मीहरुको हालको अवस्थाको बारेमा र उनीहरुले हाल गरिरहेको कामको बारेमा देखाएको छ ।

जसमा मेडिकल सप्लाईहरु अनुदानमा दिएको । पर्सनल प्रोटेक्सन इक्यूपमेन्ट लगाउँदै गरेको, उपचारमा गरिएको अनुभवलगायतका बारेमा साना साना क्लिपमार्फत जानकारी दिईएको छ ।

सो भिडियोमा स्वास्थ्यकर्मीहरुले ‘हामीहरु तपाईँहरुको लागि उभिएको र हाम्रोलागि तपाईँहरु घरमा नै बस्नुस्’ भनेर अनुरोध गरिएको देखाईएको छ ।

विश्वभर कोरोनाभाइरसको महामारीसँगै टेक कम्पनीहरुले आर्थिक र भौतिक सामाग्रीहरुसहित सहयोग गरिरहेका छन् । यसअघि नै गूगलले कोभिड-१९ का विरुद्ध लड्नका लागि विश्वभरका ८०० मिलियन डलर सहयोग दिने घोषणाा गरिसकेको छ ।

प्रकाशित: १७ चैत्र २०७६, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार