वनप्लस एक्सको नयाँ अपग्रेड भर्सन कम्पनीले ल्याउन सक्ने, बजेट मूल्यमा लन्च हुने

  • Technology Khabar | १७ चैत्र २०७६, सोमबार

काठमाडौं ।

स्मार्टफोन मेकर वनप्लसले आफ्नो पुरानो मोडलको स्मार्टफोनलाई पुन बजारमा ल्याउने योजना गरेको छ । कम्पनीले सन् २०१५ मा लन्च गरेको सस्तो मोडलको वनप्लस एक्स(OnePlus X)लाई कम्पनीले पुन ल्याउन लागेको हो ।

कम्पनीले त्यसबेला २४९ अमेरिकी डलरमा लन्च गरेको सो स्मार्टफोन पुन बजारमा बजेट सेगमेन्टमा ल्याउन लागेको रिपोर्ट आएको छ । वनप्लसले सन् २०२० मा नै सो फोनको नयाँ अपग्रेड भर्सन लन्च गर्नसक्नेछ ।

पुरै नयाँ डिजाइन र स्पेकमा आउने भनिएको सो स्मार्टफोनलाई कम्पनीले नयाँ नाममा पनि लन्च गर्नसक्नेछ । तर अहिलेसम्म सो नाम स्पष्ट भईसकेको छैन् ।

कम्पनीले वनप्लस ८ लाइटलाई नै एक्स रिसिजको नयाँ रुपमा ल्याउन सक्ने अपेक्षा गरिएको छ ।

नयाँ डिभाइसमा कम्पनीले बक्सी डिजाइन र फ्ल्याट डिस्प्ले राख्ने अनुमान गरिउको छ । कम्पनीले यसमा पन्च होल डिजाइन डिस्प्लेका साथै फोटोग्राफीका लागि ट्रिपल रियर क्यामरा सेटअप हुनसक्नेछ ।

त्यसैगरि क्वालकमको साटो मिडियाटेकको चीपसेट प्रयोग हुनेछ भने यसमा ६.५ इन्चको ९० हर्जको डिस्प्ले राख्नेछ । एजेन्सी

प्रकाशित: १७ चैत्र २०७६, सोमबार

तपाइको प्रतिक्रिया